काठमाडौं । देशैभर पछिल्लो २४ घण्टामा ९७९ जना कोरोना भाइरसका संक्रमित थपिएका छन् । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका प्रवक्ता डा. जागेश्वर गौतमले को सोमबारको नियमित प्रेस ब्रिफिङमार्फ आजको संख्यासहित कुल ४७ हजार २३६ जना संक्रमित पुगेको जानकारी दिएका छन् ।
यसैगरी देशभर सक्रिय संक्रमितको संख्या १६ हजार २५९ जना रहेको छ । जसमा संस्थागत आइसोलेशनमा ९ हजार ६९ जना रहेका छन् भने होम आइसोलेशनमा ७ हजार १९० रहेका छन् । यस्तै पछिल्लो २४ घण्टामा डिस्चार्ज हुनेको संख्या १ हजार ७३६ रहेको छ । त्यसैगरी ३० हजार ६७७ जना कोरोना मुक्त भएको मन्त्रालयले जनाएको छ रहेका छन् ।
आज ९,२१८ जनाको पीसीआर परीक्षण भएको छ भने हालसम्म ७ लाख ७७ हजार ५६३ जनाको पीसीआर परीक्षण भएको छ ।
यसैबीच कोरोनाबाट बितेको २४ घण्टामा थप ११ जनाको मृत्यु भएको छ। यससँगै मृतकको संख्या ३०० पुगेको छ।