Online Nepal सोमबार, जेष्ठ ७ २०८१

देशैभर पछिल्लो २४ घण्टामा १५५१ जनामा कोरोना संक्रमण, २३४० जना कोरोना मुक्त

देशैभर पछिल्लो २४ घण्टामा १५५१ जनामा कोरोना संक्रमण, २३४० जना कोरोना मुक्त


मध्यान्तर संवाददाता
  • मंगलबार, असोज २० २०७७

  • फाइल तस्बिर

    काठमाडौं । देशैभर पछिल्लो २४ घण्टामा थप १ हजार ५५१ जनामा कोरोना संक्रमण पुष्टि भएको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका प्रवक्ता डा. जागेश्वर गौतमले मंगलबारको नियमित प्रेस ब्रिफिङमार्फत उल्लेखित संख्यामा कोरोना संक्रमण पुष्टि भएको जानकारी दिएका हुन् । उनका अनुसार योसहित हालसम्म देशभर संक्रमित हुनेको कुल संख्या ९० हजार ८१४ पुगेको छ ।

    त्यस्तै मंगलबार सार्वजनिक गरेको विवरण अनुसार २४ घण्टामा २ हजार ३४० जना कोरोनाबाट निको भएका छन् । योसहित हालसम्म निको हुनेको कुल संख्या ६७ हजार ५४२ पुगेको छ । अहिले देशभर सक्रिय संक्रमितको संख्या २२ हजार ७०९ रहेको मन्त्रालयले जानकारी दिएको छ ।

    त्यस्तै देशभर २४घण्टामा थप ९ जनाको कोरोनाबाट मृत्यु भएको छ । योसहित हालसम्म कोरोनाबाट मृत्यु हुनेको संख्या ५ सय ६३ पुगेको डा. गौतमले जानकारी दिए ।

    पछिल्लो २४ घण्टामा ११ हजार बढीको पिसिआर परीक्षण भएको मन्त्रालयले जनाएको छ ।

    प्रतिक्रिया
    थप समाचार