Online Nepal शनिबार, जेष्ठ ५ २०८१

भारतीय विङ्ग कमा‌ण्डर अभिनन्दनलाई पाकिस्तानले शुक्रबार रिहाई गर्ने पाकिस्तानी प्रधानमन्त्रीको खानको उद्घोस

भारतीय विङ्ग कमा‌ण्डर अभिनन्दनलाई पाकिस्तानले शुक्रबार रिहाई गर्ने पाकिस्तानी प्रधानमन्त्रीको खानको उद्घोस


मध्यान्तर
  • बिहिबार, फाल्गुन १६ २०७५

  • AppleMark

    काठमाडौं । भारतिय विङ्ग कमा‌ण्डर अभिनन्दनलाई पाकिस्ताने शुक्रबार रिहाई गर्ने पाकिस्तानी प्रधानमन्त्री इमरान खानले उद्घोष गरेका छन् । प्रधानमन्त्री खानले पाकिस्तानी सैनिकको हिरासतमा रहेका भारतीय कमा‌ण्डर अभिनन्दनलाई भोली रिहा गर्ने पाकिस्तानी संसद बैठकबाट जानकारुी दिएका हुन् ।

    बिहीबार पाकिस्तानी संसदमा विपक्षीहरुको प्रश्नको उत्तर दिने क्रममा प्रधानमन्त्री खानले विंग कमांडर आफू अझै पनि युद्धबाट भन्दा पनि शान्तिबाट समस्याको समाधान चाहेको भन्दै त्यसको लागि भारतले पनि शान्ति चाहनुपर्ने बताए । सीमामा जारी गोलाबारुदले न त भारतलाई फाईदा हुने र पाकिस्तानलाई पनि फाईदा नहुने भन्दै उनले यदि दुबै देशले संयमता नअपनाउने हो भने युद्ध नरेन्द्र मोदी र आफ्नो पनि नियन्त्रणमा नहुने तर्फ सचेत गराएका छन् ।

    बुधबार एक भारतीय युद्धपोत विमान पाकिस्तानी भूमिमा खसालेको पाकिस्तानी सेनाले विङ्ग कमा‌ण्डर अभिनन्दनलाई पक्राउ गरि आफ्नो नियन्त्रणमा लिएको छ । पाकिस्तानी सेनाको साथमा आफ्नो सैनिक पुगेपछि भारत केही दबाबमा देखिएको थियो । आधिकारिक रुपमा भारतीय सेनाका पाईलट भन्ने जानकारी भएसँगै भारतले उनलाई छुटाउनको लागि कूटनीतिक प्रयास सुरु गरेको थियो ।

    प्रतिक्रिया
    थप समाचार