Online Nepal शनिबार, बैशाख २२ २०८१

जूनि एल्बमका संगीतकार गुरुङलाई नेश्नल आर्टिष्ट अर्वाड २०७९

जूनि एल्बमका संगीतकार गुरुङलाई नेश्नल आर्टिष्ट अर्वाड २०७९


मध्यान्तर
  • आइतबार, साउन १५ २०७९

  • काठमाडौं । ‘यो जूनिमा बाचुन्जेल सम्म’ एल्बमका संगीतकार निर प्रसाद गुरुङ नेश्नल आर्टिष्ट अर्वाड २०७९ बाट सम्मानित भएका छन् । रुपन्देहीको देवदह नगरपालिका स्थित खैरेनी घर भएका गुरुङको शब्द तथा संगीतवद्ध रहेको एल्बम ‘यो जूनिमा बाचुन्जेल सम्म’बाट उनी संगीतकारको विधामा सर्वोत्कृष्ट बन्न पुगेका हुन् ।

    नेपाली सांगीतिक इतिहासमा पहिलो पटक ‘जुनी’ एल्बम मार्फत ‘गीत एक, संगीत अनेक’बजारमा ल्याएका गुरुङको एल्बममा ४ वटा गीत छन्। चारवटा गीतको शब्द एउटै छ भने संगीत र ताल फरक–फरक धारमा सुन्न पाइन्छ।

    यो जूनीमा बाचुन्जेल सम्म ‘जुनी’ एल्बमको भाग–२ गीत हो। जसमा बहु–चर्चित गायीका मिलन नेवारले स्वर दिएका छिन्। संगीत संयोजन बि. बी. अनुरागीले गरेका छन्।

    यस गितको म्युजिक भिडियोमा नायक गमन घले र नायिका रन्जिता गुरुङलाई देख्न सकिन्छ । गीतको छायांकन भेष बहादुर गुरुङले गर्दा सम्पादन राजन पुवारले गरेका छन् । त्यस्तै, भिडियो निर्देशन भने प्रीतम गुरुङले गरेका छन्।

    https://youtu.be/gn3ELTnVGl8

    प्रतिक्रिया
    थप समाचार