Online Nepal मंगलबार, बैशाख १८ २०८१

भारतले हटायो चामल निर्यातमा लगाएको प्रतिबन्ध

भारतले हटायो चामल निर्यातमा लगाएको प्रतिबन्ध


मध्यान्तर
  • बुधबार, मंसिर १४ २०७९

  • काठमाडौँ । भारतले लामो समयदेखि चामल निर्यातमा लगाएको प्रतिबन्ध हटाएको छ । तीन महिनापछि भारत सरकारले चामल निर्यातमाथिको प्रतिबन्ध हटाएको हो ।

    विदेश व्यापार महानिर्देशनालय (डिजिएफटी)ले मङ्गलबार एक सूचना जारी गरेर निर्यात फुकुवा गरेको  हो ।

    सङ्घीय वाणिज्य तथा उद्योग मन्त्रालयअन्तर्गतको डिजिएफटीले पर्याप्त आन्तरिक आपूर्ति सुनिश्चित गर्न तथा हिउँदे बालीको याममा चामलको कम उत्पादन हुने आशङ्कामा जैविक गैर–बासमती चामललगायत अन्य चामलको निर्यातमा प्रतिबन्ध लगाएको थियो ।
    वैदेशिक व्यापार नियमन एवम् प्रवर्द्धनमा संलग्न उक्त निकायले त्यसबेला स्वदेशी आपूर्ति बढाउन उसिना चामलबाहेक गैर–बासमती जातका चामलमा २० प्रतिशत निर्यात शुल्कसमेत लगाएको थियो । चामलको सम्भावित अभाव हुने डर हटेपछि प्रतिबन्ध हटाइएको सरकारी अधिकारीहरूले बताएका छन् ।

    प्रतिक्रिया
    थप समाचार