Online Nepal सोमबार, जेष्ठ ७ २०८१

एकदिवसीय क्रिकेटमा हजार रन पूरा गर्ने पहिलो नेपाली खेलाडी बने रोहित पौडेल

एकदिवसीय क्रिकेटमा हजार रन पूरा गर्ने पहिलो नेपाली खेलाडी बने रोहित पौडेल


मध्यान्तर
  • मंगलबार, फाल्गुन २ २०७९

  • काठमाडौं । विश्वकप लिग–२ अन्तर्गत नामिबियाविरुद्धको आज जारी खेलमा नेपाली टिमका कप्तान रोहित पौडेलले आफ्नो एकदिवसीय करिअरको एक हजार रन पूरा गरेका छन् ।

    यससँगै उनी एकदिवसीय क्रिकेटमा एक हजार रन पूरा गर्ने पहिलो र एकमात्र नेपाली खेलाडी बनेका छन् । उनीपछि एकदिवसीयमा सबैभन्दा धेरै रन ज्ञानेन्द्र मल्लले बनाएका छन् । आजको खेलमा आउट भइसकेका ज्ञानेन्द्रले ७३४ रन बनाएका छन् ।

    आजको खेलमा नेपालले २८६ रनको लक्ष्य पाएको छ र अहिले लक्ष्य पच्छ्याउँदै ब्याटिङ गरिरहेको छ । २९ ओभरको खेल सकिँदासम्म नेपालले २ विकेटको क्षतिमा १५४ रन बनाएको छ ।

    प्रतिक्रिया
    थप समाचार