काठमाडौँ । माध्यमिक शिक्षा परिषद (एसईई) २०० भन्दा बढी नक्कलि परिक्षार्थीलायई मोरङ प्रहरीले प्रकाउ गरेको छ ।
मोरङमा तिन वटा परिक्षा केन्द्रमा अरुको नाममा परिक्षा दिने २०१ जना विधाद्र्यीलाइ मोरङ प्रहरीले प्रकाउ गरेको हो ।
जिल्ला प्रहरी मोरङ का डिएसपिका अनुसार आज १९९ जना र हिजो बुधवार २ जनालाई प्रकाउ गरेको हो ।
प्रहरीले ग्रामथान गाउँपालिका-२ मा रहेको सरस्वती माध्यमिक विद्यालय परीक्षा केन्द्रबाट आज ५२ जनालाई नियन्त्रणमा लिएको हो । केराबारी गाउँपालिकामा रहेको सार्वजनिक माविबाट १ सय २७ जनालाई पक्राउ गरेको छ । त्यस्तै सुन्दरहैचाको जनता माबी बाट २० जना नक्कली परिक्षार्थी पक्राउ गरेको हो ।
सामाजिक शिक्षातर्फ परीक्षा दिने क्रममा सार्वजनिक माविमा १ सय २७ जना विद्यार्थी पक्राउ परेका हुन् ।
एसईर्ईको परीक्षामा नक्कली परीक्षार्थी प्रयोग गर्ने गिरोह नै सक्रिय रहेकाले अनुसन्धान सुरु गरेको प्रहरीले जनाएको छ ।