काठमाडौं । सुर्खेत उद्योग वाणिज्य संघका महासचिव भद्र भण्डारी पाँच दिनदेखि सम्पर्कविहीन भएका छन् । उनी पाँच दिनदेखि कसैको सम्पर्कमा नरहेको सुर्खेत उद्योग वाणिज्य संघले जनाएको छ ।
महासचिव भण्डारी कैलालीको कर्णाली चिसापानीबाट सम्पर्कविहीन भएको प्रहरीले जनाएको छ । भण्डारी चढ्ने गाडी चिसापानीमा फेला परेको इलाका प्रहरी कार्यालय चिसापानीको एक होटेलमा भेटिएको छ ।
प्रहरीका अनुसार भण्डारीले प्रयोग गर्ने बा१८च ९८७५ नम्बरको गाडी लम्किचुवा नगरपालिकाको कर्णाली चिसापानीस्थित एक होटलमा पार्किङमा भेटिएको हो । गाडीमा मोवाइल पनि भेटिएको छ । भण्डारी जेठ २२ गते टीकापुर गएर बसेको र २३ गतेदेखि सम्पर्कविहीन भएका हुन् ।