Online Nepal शुक्रबार, बैशाख २८ २०८१

सिटी एक्सप्रेस र सिगे मनी ट्रान्सफरबीच विप्रेशण सेवा सम्झौता

सिटी एक्सप्रेस र सिगे मनी ट्रान्सफरबीच विप्रेशण सेवा सम्झौता


मध्यान्तर
  • शनिबार, असोज ६ २०७५

  • काठमाडौं । सिटी एक्सप्रेस मनीे ट्रान्सफर र अमेरिकाको सिगे मनी ट्रान्सफरबिच विप्रेशण सेवा सम्झौता भएको छ । सम्झौतासँगै अमेरिकामा १५ हजारभन्दा बढि एजेन्ट (आउटलेट) र बिश्वभरी १३० भन्दा बढि देशहरुमा आफ्नो छुट्टै सञ्जाल भएको सिगे मनी ट्रान्सफर र सिटी एक्सप्रेसबीच रेमिट्यान्स सेवा सुरु भएको छ ।

    यो सेवा सुरु भएपछि अमेरिकामा रहेका नेपालीहरुले जुनसुकै स्टेटबाट सिगे मनी ट्रान्सफरमार्फत नेपालको कुनैपनि बैंक खातामा रकम जम्मा गर्न वा नगद पैसा पठाउन सकिने सिगे मनी ट्रान्सफरका चिफ अपरेटिङ अफिसर जोसेफ क्याचेले बताए ।

    सम्झौतामा सिटी एक्सप्रेसका प्रबन्ध निर्देशक चन्द्र टण्डन र सिगे मनी ट्रान्सफरका तर्फबाट चिफ अपरेटिङ अफिसर जोसेफ क्याचेले हस्ताक्षर गरे ।
    सिगेका चिफ अपरेटिङ अफिसर जोसेफ क्याचेले सिटी एक्सप्रेससँग रेमिटान्स सम्झौता भएकोमा खुशी ब्यक्त गर्दै आगामी दिनहरुमा पनि सिटी एक्सप्रेससँग नयाँ प्रविधि मार्फत सहकार्य गर्दै जाने बताए ।

    सिटी एक्सप्रेसले बिगत १२ बर्ष देखि विदेशबाट पठाएको रकम नेपालका आफ्ना ६ हजार भन्दा बढी एजेन्टहरु मार्फत भुक्तानी गर्दै आएको छ ।

    प्रतिक्रिया
    थप समाचार