Online Nepal शुक्रबार, जेष्ठ ४ २०८१

अब बिमितले घरमै बसेर बिमा शुल्क तिर्ने र दावी भुक्तानी लिने प्रविधि अपनाउनुुपर्छः अर्थमन्त्री

अब बिमितले घरमै बसेर बिमा शुल्क तिर्ने र दावी भुक्तानी लिने प्रविधि अपनाउनुुपर्छः अर्थमन्त्री


मध्यान्तर
  • बुधबार, असोज १० २०७५

  • काठमाडौं । अर्थमन्त्री डा.युवराज खतिवडाले बिमा व्यवसायलाई प्रविधिमैत्री बनाउँदै घरमै बसेर विमितले विमा शुल्क तिर्ने र दावी भुक्तानी लिन सक्ने अवस्था सिर्जना गर्न बिमा कम्पनीहरुलाई आग्रह गरेका छन् । उनले बिमा समिति र नेपाल बिमक संघले संयुक्तरूपमा राजधानीमा मंगलबार आयोजना गरेको कार्यक्रममा बिमा कम्पनीलाई उच्चतम उपयोग गर्न सक्ने गरी प्रविधिमैत्री बनाउन आग्रह गरेका हुन् ।

    उनले भने– ‘बिमा व्यवसायको क्षेत्र विस्तार गर्नुका साथै ‘प्रडक्ट’ विविधीकरण गर्नुपर्छ । बैंक र बिमा वित्तीय क्षेत्रका उस्तै प्रकृतिका कम्पनी भएकाले एउटामा जोखिम पर्दा त्यसको असर अर्कोमा पनि पर्न सक्छ । व्यसायीक तबरले सेयरमा मात्र लगानी गरेर नबसौं ।’
    उनले निर्जीवन बिमाको आधा हिस्सा मोटर बिमातर्फ रहेको उल्लेख गर्दै अन्य क्षेत्रलाई पनि समेट्न आग्रह गरे ।

    उनले भने–‘यातायात, घरजग्गा व्यवसाय, उद्योगलगायत केही सीमित क्षेत्रमा रहेको बिमाको दायरा आगामी दिनमा बढाउँदै अन्य क्षेत्रमा विस्तार गर्न आवश्यक छ ।’ उनले प्राकृतिक विपद् व्यवस्थापन गर्न हरेक क्षेत्रको बिमा गर्ने गरी योजना बताउन उनले सुझाव दिए ।

    अर्थमन्त्री खतिवडाले लघु बिमाको महत्वमा जोड दिंदै यसको पहुँच ग्रामीणस्तरसम्म पुर्याउन निर्देशन दिइएको बताए । अहिले वृद्धवृद्धा र सिमान्तकृत जनताको स्वास्थ्य बिमा सरकारले सुरु गरेको उनले बताए । ७० वर्षमाथिका ज्येष्ठ नागरिकको स्वास्थ्य बिमाको दायित्व सरकारले नै व्यहोर्ने उनले जानकारी दिए ।

    कार्यक्रममा बिमा समितिका अध्यक्ष चिरञ्जीवी चापागाईँले सबै क्षेत्रलाई समेट्ने गरी बिमाको काम अघि बढेको बताए ।

    प्रतिक्रिया
    थप समाचार