Online Nepal सोमबार, बैशाख १७ २०८१

‘न्यू इयर इभ– २०२०’ काठमाडौं मेरियट होटलको विषेश अफर

‘न्यू इयर इभ– २०२०’ काठमाडौं मेरियट होटलको विषेश अफर


मध्यान्तर संवाददाता
  • मंगलबार, पुष १५ २०७६

  • काठमाडौं । नेपालको राजधानीस्थित काठमाडौं मेरियट होटलले नयाँ बर्षमा प्रवेश हुनु अगाडि पहिलो पटक ‘न्यू इयर इभ’ मनाउन गइरहेको छ । यो विशेष अवसरमा शहरका नियमित अतिथिहरु अथवा नवआगन्तुक वा पर्यटकहरु सम्पूर्णका लागि होटलमा केहि विशेष व्यवस्था गरिएको छ ।

    मुक्ति एण्ड रिभाइभल्सको लाइभ पर्फमेन्श, डीजे क्वीन र एक विशेष बेली डान्स कार्यक्रमको प्रत्यक्ष प्रदर्शनका साथै नृत्य र डाइनिंगको रमणीय साँझ बल रुममा आयोजना गरिएको छ । अतिथिहरुले आकर्षक प्याकेजहरु छनौट गर्न सक्नेछन् जसमा विशेष सुविधा र छुटका साथ आवासीय प्याकेज पनि समावेश रहेको होटल व्यवस्थापनले जनाएको छ ।

    अझ आरामदायीक साँझ खोज्ने व्यक्तिहरुले होटलको मल्टी क्वजीन रेष्टुरेन्ट “ठमेल किचेनमा” न्यू इयर इभ गाला डिनरमा सम्मिलित हुन सक्नेछन् र अनलिमिटेड बफेका साथ रातलाई उत्तम तरिकाले मनाउन सक्ने बताइएको छ ।

    त्यसबाहेक आधुनिक एशियन रेष्टुरेन्ट एडमामेमा असाधारण क्वीलिनरी फेयरको आयोजना गरिनेछ जहाँ सेफ स्पेशल मेन्यू बाट ६ आधुनिक एशियन कोर्षहरु हुनेछन् । यो रेष्टुरेन्टमा एकस्टिक ब्यान्डले प्रस्तुती दिने भएको छ ।

    होटल व्यवस्थापनले सहभागि हुन चाहने अतिथिहरुलाई अगाडि नै बुकिङ गर्न आग्रह गर्दै सम्पूर्णलाई नयाँ वर्षको शुभकामना दिएको छ ।

    प्रतिक्रिया
    थप समाचार