Online Nepal आइतबार, बैशाख ३० २०८१

शेयर बजारमा दोहोरो अंकको सुधार

शेयर बजारमा दोहोरो अंकको सुधार


मध्यान्तर
  • आइतबार, बैशाख १६ २०८१

  • काठमाडौं । नेपाल स्टक एक्सचेञ्ज (नेप्से)मा साताको कारोबारको पहिलो दिन आज आइतबार दोहोरो अंकले बढेर बन्द भएको छ । आज नेप्से १४।३३ अंकले बढेर एक हजार ९ सय ८० दशमलव २७ विन्दुमा बन्द भएको हो ।

    नेप्सेमा आज २ अर्ब ६८ करोड २५ लाख ८६ हजार रुपैयाँ बराबरको कारोबार भएको छ । आज कारोबार भएका कम्पनीमध्ये १८० वटाको बढेको छ भने ५५ वटा कम्पनीको शेयरमूल्य घटेको छ । बाँकी ९ कम्पनीको शेयरमूल्य स्थिर रहेको छ ।

    नेप्सेका अनुसार पोखरा फाइनान्स कम्पनीको शेयरमूल्य ९.८४ प्रतिशतले बढेर प्रतिकित्ता ६७० रुपैयाँ पुगेको छ । त्यस्तै, आज प्रोग्रेसिभ फाइनान्स लिमिटेडको शेयरमूल्य पनि ७।६२ प्रतिशतले बढेको छ ।

    आज रिभर फल्स पावर लिमिटेडको शेयरमूल्यमा उच्च गिरावट आएको छ । यस कम्पनीको शेयरमूल्य आज ४.६३ प्रतिशतले घटेको छ । सबैभन्दा बढि पोखरा फाइनान्स लिमिटेडको १३ करोड ५ लाख बराबरको कारोबार भएको छ ।

    प्रतिक्रिया
    थप समाचार