Online Nepal शनिबार, बैशाख २२ २०८१

सेञ्चुरी बैंकको पौने ७ प्रतिशत लाभांश बाँड्ने निणर्य

सेञ्चुरी बैंकको पौने ७ प्रतिशत लाभांश बाँड्ने निणर्य


मध्यान्तर संवाददाता
  • शुक्रबार, माघ २४ २०७६

  • काठमाडौं । सेञ्चुरी कमर्सियल बैंकले आफ्ना शेयरधनिहरुलाई ६.७५ प्रतिशत नगद लाभांश वितरण गर्ने प्रस्ताव राष्ट्र बैंक समक्ष पेस गरेको छ । माघ २३ गते बैंक सञ्चालक समितिको ३०३ औं बैठकले उक्त निर्णय गरेको हो ।

    बैठकले असार मसान्तमा कायम चुक्ता पुँजीको २ प्रतिशत बोनस र कर सहित ४।७५ प्रतिशत नगद गरी सो मात्राको लाभांश दिने प्रस्ताव गरेको हो । उक्त प्रस्तावलाई नेपाल राष्ट्र बैंकले स्वीकृत तथा बैंकको आगामी वार्षिक साधारणसभाले पारित गर्नुपर्ने छ ।

    कम्पनीको चुक्ता पुँजी ८ अर्ब ४१ करोड रुपैयाँ रहेको छ । २ प्रतिशत बोनस पश्चात कम्पनीको चुक्ता पुँजी ८ अर्ब ५८ करोड रुपैयाँ नाघ्ने छ ।
    अन्य जानकारी लागी  बैंकले आफ्नो वेबसाइट www.centurybank.com.np तथा बैंकका शाखा कार्यालयहरुमा सम्पर्क राख्न अनुरोध गरेको छ ।

    प्रतिक्रिया
    थप समाचार