Online Nepal शुक्रबार, जेष्ठ ४ २०८१

राष्ट्रपतिद्वारा वैशाख २८ देखि सुरु हुने गरि बजेट अधिबेशन आह्वान

राष्ट्रपतिद्वारा वैशाख २८ देखि सुरु हुने गरि बजेट अधिबेशन आह्वान


मध्यान्तर
  • बिहिबार, बैशाख २० २०८१

  • काठमाडौं । राष्ट्रपति रामचन्द्र पौडेलले संघीय संसद् प्रतिनिधि सभाको बजेट अधिवेशन वैशाख २८ गतेबाट सुरू हुने गरी आह्वान गरेका छन् । आज बसेको मन्त्रिपरिषद् बैठकको सिफारिसमा राष्ट्रपतिले अधिवेशन आह्वान गरेका हुन् ।

    संघीय संसद्को बजेट अधिवेशन वैशाख २८ बाट सुरू हुने
    सम्माननीय राष्ट्रपति श्री रामचन्द्र पौडेलज्यूले नेपालको संविधानको धारा ९३ को उपधारा ९१० बमोजिम नेपाल सरकार, मन्त्रिपरिषद्को मिति २०८१-१-२० को सिफारिसमा सम्वत् २०८१ साल वैशाख २८ गते शुक्रबारका दिन १४:०० बजे अन्तर्राष्ट्रिय सम्मेलन केन्द्र, नयाँबानेश्वरमा संघीय संसदको दुवै सदनको अधिवेशन आह्वान गर्नुभएको छ, राष्ट्रपति कार्यलयद्वारा जारी विज्ञप्तिमा उल्लेख छ ।

    प्रतिक्रिया
    थप समाचार