Online Nepal शुक्रबार, बैशाख २८ २०८१

आधा कर्मचारीलाई मात्र काममा लगाउनु:राष्ट्र बैंक

आधा कर्मचारीलाई मात्र काममा लगाउनु:राष्ट्र बैंक


मध्यान्तर
  • शुक्रबार, साउन ३० २०७७

  • काठमाडौं ।  नेपाल राष्ट्र बैंकले बैंक तथा वित्तीय संस्थाहरुलाई कोरोना संक्रमणक को संख्या दुई सयभन्दा बढी भएका जिल्लाहरुमा आधा  कर्मचारीमात्र कार्यालयमा आलोपालो गरी कार्य सम्पादन गर्न निर्देशन दिएको छ । बैंक तथा वित्तीय संस्थाका कर्मचारी तथा सेवाग्राहीको स्वास्थ्यलाई मध्यनजर गर्दै नेपाल राष्ट्र बैंकले यस्तो निर्देशन दिएको हो ।

    यस्तै बैंकले बाँकी कर्मचारीहरुलाई सुरक्षित रुपमा घरबाटै  विद्युतिय  माध्यम बाट  कार्यसम्पदन गर्न  निर्ददेशन  छ ।

    सम्भव भएसम्म व्यक्तिगत भेटघाट एंव सेवा प्रवाह विद्युतिय माध्यमबाट गर्न प्रोत्साहन गर्न सूचनामा उल्लेख छ । बैंकले अत्यावश्यक बाहेकका बैठक, सेमिनार, छलफल, गोष्ठी, समिक्षा भेला लगायतका कार्यक्रमहरु नगर्न निर्देशन दिएको छ ।

    यस्तै काठमाडौँ उपत्यकाको हकमा राष्ट्र बैंकले यसअघि नै सूचना जारी गर्दै ५० प्रतिशत कर्मचारहिरुलाई आलोपालो गरी कार्य सम्पादन गर्न निर्देशन दिइसकेको छ ।

    प्रतिक्रिया
    ताजा अपडेट
    थप समाचार