Online Nepal बिहिबार, बैशाख २७ २०८१

नबिल बैंकले कोरोना कोषमा ६ करोड रुपैयाँ दियो

नबिल बैंकले कोरोना कोषमा ६ करोड रुपैयाँ दियो


मध्यान्तर
  • आइतबार, साउन ३२ २०७७

  • काठमाडौं । नबिल बैंकले कोरोना संक्रमण रोकथाम, नियन्त्रण र उपचारका लागि खडा गरिएको सरकारी कोषमा ६ करोड रुपैयाँ हस्तान्तरण गरेको छ । आइतबार अर्थ मन्त्रालयमा आयोजित कार्यक्रममा बैंकका प्रमुख कार्यकारी अधिकृत अनिल केशरी शाह तथा बैंकका संचालक  निवार्ण  चौधरीले अर्थ मन्त्री युवराज खतिवडालाई सो रकमको चेक हस्तान्तरण गरेका हुन् । बैंकका सिइओ अनिल शाहले नेपालमा करोना भाइरस महामारीका प्रभावहरू विरुद्ध लड्न नेपाल सरकारको प्रयासमा योगदान पुर्याउन पाउनु ठूलो सम्मान हो । बैंकको संस्थागत सामाजिक उत्तरदायित्व कोष नेपालभरि आफ्ना ग्राहकहरूलाई बैंकिङ सेवाहरू प्रदान गर्ने नबिल कर्मचारीहरूको प्रयासबाट उत्पन्न भएको हो र यो अनुदान प्रत्येक नबिलियनको समर्पणको परिणाम हो  ।

     

    प्रतिक्रिया
    ताजा अपडेट
    थप समाचार