Online Nepal शनिबार, जेष्ठ ५ २०८१

डिसहोमले ल्यायो अफ्ठ्यारोमा उधारो योजना, १० दिनसम्म क्रेडिट चल्ने

डिसहोमले ल्यायो अफ्ठ्यारोमा उधारो योजना, १० दिनसम्म क्रेडिट चल्ने


मध्यान्तर
  • सोमबार, भाद्र ८ २०७७

  • काठमाडौं । डिसहोमले ग्राहकलाई सम्बोधन गर्दै अफ्ठ्यारोमा १० दिन सम्म उधारो दिने नयाँ योजना ल्याएको छ । डिसहोममा पैसा सकिएर रिचार्ज गर्न नसकेको खण्डमा १० दिनसम्म म्याद थप दिने योजना ल्याएको हो ।

    यसरी नियमित सेवाको अवधि समाप्त भएपछि थप गरिएको क्रेडिट अवधि ग्राहकहरुले आफ्नो सेवा नवीकरण गर्दा सोही नवीकरण अवधिमा मिलान गरिने कम्पनीले जनाएको छ । उक्त प्रक्रिया झन्झट रहित स्वचालित सेल्फ–सर्भिस मोडल प्रणालीमार्फत् संचालित हुने र सेवा सुविधा प्राप्त गर्नका लागि ग्राहकले कुनै प्रकारका अतिरिक्त व्ययभार व्यहोर्नु नपर्ने कम्पनीले जानकारी दिएको छ ।

    डिसहोम क्रेडिट सर्भिस खुलाउनको लागि मोबाइलको मेसेज बक्समा गई क्रेडिट कस्टमर आइडी टाईप गरि उक्त ३२५०० मा म्यासेज पठाउनु पर्ने हुन्छ । १० दिनको क्रेडिट प्राप्त भएको जानकारी मोबाइलमा प्रप्त हुने कम्पनीले जनाएको छ ।

    कम्पनीले यसअधि शुल्क समाप्त भइसके पछि ५ दिनसम्म थप म्याद दिदै आएकोमा अहिले १० दिन पुर्याएको हो ।

     

    प्रतिक्रिया
    थप समाचार