Online Nepal सोमबार, बैशाख ३१ २०८१

कामना सेवा बिकास बैंकले आफ्ना ग्राहकको विशेष छुटमा पिसिआर परिक्षण गर्ने

कामना सेवा बिकास बैंकले आफ्ना ग्राहकको विशेष छुटमा पिसिआर परिक्षण गर्ने


मध्यान्तर
  • शुक्रबार, भाद्र १२ २०७७

  • काठमाण्डौ। कामना सेवा विकास बैंक लिमिटेडले सुरिया हेल्थ केयर प्रालिसँगको सहकार्यमा आफ्ना  सम्पुर्ण ग्राहकलाई विशेष छुटका साथ सहुलियत दरमा पीसीआर परीक्षणको सुविधा उपलब्ध गराउने भएको छ।

    विश्वव्यापी महामारीका रुपमा फैलिरहेको कोरोनाभाइरस (कोभिड–१९) ले ल्याएको यस विषम परिस्थितिलाई ध्यानमा राखेर बैंकले आफ्ना ग्राहकलाई  थप सहयोग पुगोस् भन्ने उद्देश्यले सुरिया हेल्थ केयरसँग सहकार्य गरेर पीसीआर परीक्षणमा सहुलियत प्रदान गर्न लागेको हो। यसका लागि बैंक र सुरिया हेल्थ केयरबीच सम्झौता भएको छ।

    यो सम्झौताअनुरुप अब कामना सेवा विकास बैंकका सम्पूर्ण ग्राहकले सूरिया हेल्थ केयरमा कोरोना संक्रमणसम्बन्धी गरिने पीसीआर परीक्षण गर्दा १५ प्रतिशतसम्म विशेष छुट प्राप्त गर्नेछन्।

    यस सहमतिअनुसार  ग्राहकले आर्थिक  सहुलियतसहित सहज रुपमा कोरोना परीक्षण गरी लाभ लिन सक्ने विश्वास बैंकले लिएको छ। ‘प्रगतिको आधार कामना सेवासँग कारोबार’ भन्ने मूल नाराका साथ बैंकिङ सेवा प्रदान गर्दै आइरहेको बैंकले देशका विभिन्न भागमा १२४ वटा शाखा तथा ६६ वटा एटीएममार्फत ग्राहकलाई सेवासुविधा प्रदान गर्दै आएको छ।

    प्रतिक्रिया
    थप समाचार