Online Nepal शनिबार, जेष्ठ ५ २०८१

भाटभटेनीमा खसीको मासु प्रति किलो ८५० रुपैंयाँ, बजार मूल्य भन्दा ३५ प्रतिशत कम

भाटभटेनीमा खसीको मासु प्रति किलो ८५० रुपैंयाँ, बजार मूल्य भन्दा ३५ प्रतिशत कम


मध्यान्तर
  • शनिबार, भाद्र १३ २०७७

  • काठमाडौं । भाटभटेनी सुपरमार्केटले खसीको मासु प्रतिकेजी ८५० रुपैयाँमै बिक्री गर्न थालेको छ । बजारमा खसीको मासु सरदर प्रतिकेजी १३ सय रुपैयाँमा बिक्री भइरहेका बेला करिब ३५ प्रतिशत कम मूल्यमा भाटभटेनीले विक्रि सुरु गर्न थालेको हो । उपभोक्तालाई खसीको मासु खरिद गर्दा अन्य बजार मूल्यभन्दा ४५० रुपैयाँ सस्तो पर्नेछ।

    भाटभटेनी सुपरमार्केटका सञ्चालक मीनबहादुर गुरुङले बजारमा बिचौलियाका कारण खसीको मूल्य महंगो भएको भन्दै आफूहरुले सस्तो मूल्यमा बिक्री गरिरहेको बताए । उनका अनुसार भाटभटेनीले नेपालगञ्ज र भैरहवाबाट ल्याइएका खसीको मूल्यमा थोरै मार्जिन राखेर मात्रै मासु विक्रि गरिएको छ ।

    ‘उनले भने– ‘नेपालगञ्जमा ७ सय रुपैयाँमा प्रतिकेजी खसीको मासु पाइन्छ, हामीले नेपालगञ्जसँगै भैरहवाबाट पनि ल्याउँदै छौं, त्यसमा थोरै मूल्य राखेर बिक्री गर्दा ग्राहकहरुले सस्तो मूल्यमा खसीको मासु पाउन थालेका छन् ।’ उनका अनुसार भाटभटेनीले गोलभेडा, चिनी र आलु पनि बाहिरबाट सस्तो मूल्यमा ल्याएर बिक्री गरिरहेको छ ।

    भाटभेटनीका सबै स्टोरबाट ८५० रुपैयाँ केजीमा खसीको मासु खरिद गर्न पाइने गुरुङले जानकारी दिए ।

     

    प्रतिक्रिया
    थप समाचार