Online Nepal शनिबार, जेष्ठ ५ २०८१

मर्चेन्ट बैंकरको काम घरबाटै

मर्चेन्ट बैंकरको काम घरबाटै


मध्यान्तर
  • आइतबार, भाद्र १४ २०७७

  • काठमाडौं ।लकडाउन र निषेधाज्ञाका कारण सबै मर्चेन्ट बैकरहरुले घरैबाट काम गर्न थालेका छन्। कोरोना सङ्क्रमणको कारण उनीहरूले घरैबाट काम गर्न थालेका हुन्।अत्यावश्यक सेवामा सरकारले कुनै अवरोध गरेको छैन। बैक वित्तीय सेवा अत्यावश्यक सेवामा पर्ने गर्छ। सोही कारण यति बेला सबै मर्चेन्ट बैक खुला छन्। तर कार्यालयमा भने कोही पनि कमर्चारी आएका छैनन् । मर्चेन्ट बैंकर एसोसिएसनका अनुसार  कार्यालयमा कर्मचारी नआए पनि कुनै काम रोकिएको छैन, सबै कर्मचारीले घरैबाट काम गरिरहेका छन्।सबै जसो मर्चेन्ट बैकले यति बेला कर्मचारीलाई वर्क फर होमको अवधारणामा काम गरिरहेका छन्

    मर्चेन्ट बैकले यति बेला नयाँ डिम्याट खाता खोल्ने बाहेक सबै काम गरिरहेका छन्। डिम्याट खाता खोल्न भौतिक रुपमा मानिस उपस्थित हुनै पर्ने भएकोले त्यो काम हुन नसकेको हो । त्यो बाहेक सबै काम उनीहरूले घरैबाट दिन थालेका छन्।

    डिम्याट खाता खोल्न,प्राथमिक शेयर निष्कासन गर्ने शेयर ट्रान्सफर गर्ने,पोर्टफोलियो व्यवस्थापन गर्ने देखि लिएर बिक्री गर्नेसम्मको काम घरैबाट हुन थालेको छ ।सबै काम कर्मचारीले अनलाइन मार्फत नै गर्ने गरेका छन्। यति बेला धेरै जसो सार्वजनिक निष्कासन,शेयर ट्रान्सफर,पासवर्ड रिसेट अनि शेयर खरिद बिक्रीको हुने गरेको छ।

    सार्वजनिक निष्कासनको काम सबै जसो अनलाइनबाट हुने गरेको छ। बैकमा परेको आवेदनको रुजु पनि अनलाइनबाटै गर्न थालिएको छ। डाटा ट्रान्सफर गरिन्छ। उक्त डाटालाई प्रशोधन गर्ने काम कर्मचारीले घरैबाट गर्ने गर्छन्।

    दोस्रो बजारमा लगानीकर्ताले गरेको शेयर खरिद बिक्रीको इडिआएस पनि अनलाइनबाटै गरिन्छ। त्यसको लागि एप्रुभल दिने काम पनि कर्मचारीले अनलाइन मार्फत नै दिने गरेका छन्।अहिले  धेरै जसोको डिम्याट खाताको पासवर्ड नचलेको समस्या दोहोरी रहन्छ। त्यस्तो गुनासोको समाधान पनि अनलाइनबाटै गर्ने गरिन्छ। पोर्टफोलियो म्यानेजमेन्टको लागि भने शेयर बिक्री गर्नु पर्छ। जसको लागि सामूहिक छलफल गर्नु पर्छ। तर त्यो काम पनि अनलाइनबाटै गर्न थालिएको छ। कुन कम्पनीको शेयर किन्ने र बेच्ने भन्ने निर्णय वेबिनार मार्फत गर्ने गरिन्छ। त्यसकालागि पनि कर्मचारीहरूले घरैबाट उपस्थिति जनाउने गरेका छन्।कार्यालयको मात्रै होइन यति बेला एसोसिएसनको काम समेत अनलाइनबाटै गर्ने गरिन्छ। सबै मर्चेन्ट बैकको एक ग्रुप बनाइएको छ । त्यहीबाट सामूहिक मिटिङ समेत गर्ने गरिएको छ।

     

    प्रतिक्रिया
    थप समाचार