Online Nepal सोमबार, बैशाख ३१ २०८१

नबिल बैंकको सम्पुर्ण सेवाहरु डिजिटल माध्यमबाट हुने

नबिल बैंकको सम्पुर्ण सेवाहरु डिजिटल माध्यमबाट हुने


मध्यान्तर
  • सोमबार, भाद्र १५ २०७७

  • काठमाडौं । कोभिड–१९ र त्यसपछिको लकडाउन र निषेधाज्ञाले गर्दा  बैैैकिङ प्रणाली नै डिजिटल उन्मुख भएको छ ।  पैसा झिक्ने र खाता खोल्ने प्रक्रिया समेत  घरमै बसेर हुन थालेपछि विगतमा भौतिक रुपमा लिन सकिने सुविधाहरु डिजिटल हुँदा नयाँ पुस्तामात्र होइन पुराना पुस्ता पनि अभ्यस्त हुन थालेका छन् । डिजिटल बैंकिङ्गको नयाँ फिचर र सुविधा नबिल बैंकले थप्दै लगेको छ ।
    डिजिटल प्रविधिको विकाससँगै अहिले विश्वबजार खुम्चिएको छ । डिजिटल प्रविधिको विकाससँगै मानिसहरुको व्यस्तता पनि धेरै बढेको छ । २४ सै घण्टा जसो मानिसहरु इन्टरनेटको पहुँचमा हुन्छन् । यस्तो बेलामा नेपालका बैंकहरु पनि प्रविधिमा फड्को मारिरहेका छन् । कुनै समय थियो बैंकमा घण्टौंसम्म लाइन बस्नु पर्ने । खाता खोल्न होस् या रकम झिक्न र जम्मा गर्न नै किन नहोस् । लामो प्रक्रिया पार गरेर काम गर्नुपर्ने प्रक्रियाका कारण धेरै मानिसहरु झन्झट मान्ने गर्दथे । विषेश गरेर सरकारी स्वामित्वमा रहेका बैंकहरुमा अझै पनि त्यहि किसिमको प्रक्रियाहरु यथावत रहेको छ । यस्तै निजी क्षेत्रको पहिलो बैंक नबिल बैंकले भने स्थापनाकाल देखिनै प्रविधिमा केहि न केहि अभ्यास गर्दै आइरहेको छ । नेपाली बैकिङ्गमा एपेक्स स्थानमा रहेको नबिलको आफ्नो वित्तीय सुचांकमात्र बलियो बनाएको छैन आफू सँधै पायोनियर हुन समय सापेक्ष बैकिङ्ग मोडल पनि परिवर्तन गर्दै आइरहेको छ । ।

    अब, एटिएम वा चेक नभए पनि नबिल बैंकले नयाँ पद्धती स्क्यान एन्ड वीड्र सुविधामार्फत चेकको प्रयोग नगरी क्यूआर कोड स्क्यान गरेर बैंकको काउन्टरबाट दैनिक एक लाख रुपैयाँ झिक्ने व्यवस्था  छ ।नयाँ पुस्ता पुराना झन्झटिला  लामो  प्रक्रियामा  उनिहरुसँग फुर्सद छैन् । जसका कारण सबैभन्दा छिटो सुविधायुक्त तरिकाले कामलाई सम्पन्न गर्ने मनसायमा केन्द्रीत हुन्छन् ।

    नबिल बैंकले सम्पूर्ण डिजिटल बैंकिङ्गलाई ‘वान स्पट’ बाट व्यवस्थापन गर्नेको लागि डिजी बैंकको पनि स्थापना गरेको छ ।
    डिजी बैंक ग्राहकले आफुले चाहेको समय, ठाउँ र सविधाअनुसार बैंकिङ्ग सेवा उपभोग गर्न पाउने गरि प्रविधिमा आधारित बैंक भएको नबिल बैैंकले जनाएको  छ   ।

    नबिलले यसका लागि भारतको आइसीआइसीआइ बैंक र सूचना प्रविधिको अग्रणी कम्पनी हुवावे टेक्नोलोजीसँग रणनीतिक साझेदारी सुरु गरिसकेको छ ।

    उपभोक्ताले लिने सेवा मध्ये बैंक तथा वित्तिय संस्थाको पहिलो नम्बरमा पर्छ । नयाँ पुस्ताको माग बमोजिम आफ्नो सम्पूर्ण बैकिङ सेवालाई पूर्णरुपमा डिजिटलतर्फ   गैइरहेको छ नबिल ।

    बैंकको सम्पूर्ण आन्तरिक तथा बाह्य सेवालाई नबिल बैंकले डिजिटलाइज्ड् गर्न आक्रामक तयारीसमेत गरेको छ ।
    स्थापना कालदेखिनै डिजिटल कारोबारलाई प्रोेत्साहन गर्दै आएको नबिलले हाल पेपरलेस नीति अगाडी सारेको हो । विश्व बजारमा भएकोे मोर्डन बैंकिङ्ग प्रणाली नेपालमा पनि विकास गर्ने र डिजिटल बैंकिङ्ग प्रणालीमा ग्राहकलाई केन्द्रीत गर्दै अगाडी बढेको छ ।

    कम्प्युटराइज सिस्टममा आधारित भएरनै नबिल बैंकले ३६ वर्ष अगाडी सेवा सुरु गरेको थियो । नबिल बैंक स्थापना कालदेखि नै अनलाइन कारोबारलाई केन्द्रीत गर्दै आएको कारण नेपालको बैंकिङ्ग सिनारियो नै परिवर्तन भयो । नेपालको बैंकिङ्ग सिनारियो एकपछि अर्कोरुपमा विकसित हुँदैं गएपछि नबिल बैंकले आफ्नो व्यवस्थापन र सेवालाई थप उत्कृष्ट बनाउन खोजेको छ ।

    आधुनिक  बैंकिङ्ग प्रणालीलाई आत्मसाथ गर्दै नबिलका सेवाले कम्प्युटर बेस, टेक्नोलोजी बेसमा बैंकिङ्ग प्रणालीले निरन्तरता पाउँदै गयो ।अब नबिल बैंकले दिइरहेको सेवा र हाल भएको बैंकिङ्ग प्रणालीलाई अपग्रेड गरी नयाँ डिजिटल बैंकिङ्ग सिस्टममा जाने घोषणा गरेको छ ।’ ।

    नबिल बैंकका ग्राहकले लिने सेवा प्राथमिकतामा राखेको छ । बिशेषगरी नबिलले सेवा दिँदा बैंकमा सेवाग्राहीको भिजिट शून्य नै बनाउँने नीति लिएको छ । ग्राहकले खाता खोल्न, कर्जा र कार्डहरु प्राप्त गर्ने, एलसी खोल्न, रेमिट्यान्स प्रोसेसदेखि सम्पूर्णकाम डिजिटल कारोबार मार्फत नै ग्राहकले सेवा उपलब्ध गराउने तयारी गरेको छ । डिजिटल अनलाइन कारोबारलाई चाहिने पूर्वाधारहरु एक्वायर गरि क्रमश कार्यान्वयन गर्ने छ ।

    ग्राहकको अनुरोधलाई मात्रै नभई सम्पूर्ण इन्टरनल प्रोसेसलाई डिजिटलाइजेसनमा लैजाने नबिलको तयारी हो । ग्राहकसँग बैंकले विभिन्न अनलाइन रिक्वेस्ट  लिएको हुन्छ सोहि अनुसार बैंकले पनि सेवा उतिनै छिटो डेलिभरि पनि गर्छ’ ।

    अब ग्राहकले खाता खोल्दा वा बैंकमा लोन प्रस्ताव गर्दा हप्तौं दिनसम्म स्वीकृत नहुने, बैंक धाइराख्नु पर्ने समस्याबाट मुक्ति पाइने रेग्मीको भनाई छ । बैंकले आन्तरिक प्रक्रियाहरुलाई पनि पूर्णरुपमा डिजिटल गर्ने प्रक्रिया अघि बढाइएको छ ।
    नेपालमा नबिललाई ‘मष्ट मोर्डन’ बैंकको रुपमा स्थापित गर्ने तयारी छ । ‘ चीन, जापान, अमेरिका लगायत विकशित देशहरुमा सञ्चालित बैंकहरुको स्तरसम्म पुग्ने नबिल बैंकको योजना    छ

    डिजिटल प्लेटफर्मबाट नबिल रिस्ट्रकचरीङ हुँदैं गएको छ । बैंकलाई पूर्णरुपमा डिजिटलमा लग्न नबिल डिजि बैंकको भर्टिकल क्रियट गरिएको छ । नबिलले पुराना डिजिटल प्रोडक्टसहित नयाँ नयाँ प्रविधियुक्त प्रडक्ट पनि उपलब्ध गराउने तयारी छ । हाल भइरहेको ग्राहक आफै बैंकमा उपस्थित हुनुपर्ने कागजका फर्महरु भर्नुपर्ने अवस्थालाई पूर्णरुपमा प्रतिस्थापन गर्ने भएको छ ।
    नबिल बैंक पूर्वाधार तयार गरी अवश्यक जगको आधार तयार गर्दै छ । नबिल पूर्णरुपमा डिजिटल अनलाइन कारोबारमा भएपछि सबै सेवा अनलाइन मार्फत नै हुनेछन् ।  बैंकले चुनौतीको रुपमै अघिल्लो पुस्तालाई नयाँ सेवा अथवा प्रविधिमैत्री सेवामा कन्भर्ट गर्ने नै हो । पुराना पुस्तालाई पनि डिजिटल कारोबारमा कन्भर्ट गर्न विभिन्न तालिम प्याकेजको ल्याउने तयारीमा छ नबिल बैंक ।

    विशेषगरी ग्राहकसँग इन्टरयाक्सन गर्ने पुरानो च्यानल भनेका ब्रान्चहरुमा गएर सेवा लिने, मोबाइल बैकिङ्ग, इन्टरनेट बैकिङ्ग, पीओएसओ मेसिन सेवा नै हुन । यी बाहेक ग्राहकलाई सेवामा आकर्षित गर्न विभिन्न डिजिटल प्रोप्डक्ट ल्याउने तयारीमा  छ नबिल   । यी सेवा सहित अन्य नबिल बैंकका डिजिटल सेवालाई विस्तार गरेर ग्राहकलाई सेवामैत्री बनाउन ओम्नी च्यानल प्लेटफर्म बनाउन लागी परेको छ ।

    जहाँ ग्राहकको सेवा प्रस्तावहरु सबै ओम्नी च्यानलमै ठोकिन आउँछन् । ग्राहकको आवश्यकताका लागि  सीआरएम सफ्टवयर, कोर बैंकिङ्लाई अपग्रेड, विजनेश इन्टेलिजेन्स टुल्स, आर्टिफिसियल इन्टेलिजेन्स, कल सेन्टर लगायतका इन्टरनेट पूर्वाधार निमार्णगरी डिजिटल कारोबारलाई थप प्रभावकारी बनाउने र निरन्तरता दिइरहेको छ । अनलाइन कारोबार बढ्दै गएपछि विभिन्न साइबर अपराधका घटना छ्याप्छ्याप्ती भइरहेको छ । नबिल पूर्णरुपमा डिजिटल प्रणालीमा गएपछि साइबर सुरक्षालाई प्रमुख प्राथमिकतामा राख्ने गरेको छ ।

    डिजिटल कारोबारमा जाँदा बैंकलाई लोनको प्रस्ताव गर्दा स्वीकृत हुने नहुँने भन्ने टुङ्गो हुँदैन् । बैंक पूर्णरुपमा डिजिटल कारोबारतर्फ गएपछि सबै स्टेपहरुको ट्रयाकिङ गर्ने सिस्टम उपलब्ध गराउने भएको छ । डिजिटल कारोबार भएपछि जनताले ‘छिटो सेवा पाउँछन, रियलटाइम जानकारी पाइन्छ, खर्च बच्छ र झन्भट घटछ

    नबिलले केहि हप्ता अगाडीमात्र क्युआर क्यास नामक प्रोडक्ट सार्वजनिक गर्यो । बैंकमा आउँदा पैसा निकाल्दा चेक बुक लिएर आउने झन्झट हट्यो । नबिलका सबै बैंक काउन्टरमा यो सेवा उपलब्ध भइसकेको छ । क्युआर स्क्यान गरेर आफ्नो खातामा रहेको रकम झिक्न सकिने भएको छ । त्यस्तै एटिम कार्ड लिँदा प्राय बैंकहरुले एउटा छुट्टै कागजमा पिन नम्बर दिने गरेका छन् तर, नबिलले एटिएमबाटै पिनकोड परिवर्तन गर्न तथा नयाँ हाल्न सकिन्छ

    ग्राहकको उक्त प्रस्तावलाई बैंककै प्रणाली अर्थात आर्टिफिसियल इन्टेलिजिन्स बेस सिस्टमले काम गर्छ र योग्य हो अथवा होइन भनेर एन्लाइजड् गर्ने काम गर्छ । मोबाइल एपमा नै भएको उक्त प्रणालीले ग्राहकको लोन स्वीकृती गर्छ ।ग्राहकले कर्जाका लागि बैंक धाउनुपर्ने अवस्थालाई प्रतिस्थापन गरी एक मिनेटमा लोन पाउने व्यवस्था गर्ने तयारी गरेको छ । पहिलो चरणमा नबिलले एक लाख रुपैयाँदेखि सुरु गर्ने तर भविष्यमा यसको दायरालाई फराकिलो बनाउदैं लग्ने छ । यो व्यवस्था मध्यम स्तरका श्रमजिवी ग्राहकमा बढी केन्द्रीत भएको बताइएको छ ।

    प्रतिक्रिया
    थप समाचार