Online Nepal शनिबार, जेष्ठ ५ २०८१

समाज लघुबित्तको आइपिओ बाँडफाँड

समाज लघुबित्तको आइपिओ बाँडफाँड


मध्यान्तर
  • सोमबार, भाद्र १५ २०७७

  • काठमाडौं ।समाज लघुवित्त वित्तीय संस्थाको आइपिओ आज सोमबार बाँडफाँड भएको छ। बिक्री प्रबन्धक सिद्धार्थ क्यापिटलको कार्यालय नक्सालमा भएको बाँडफाँडमा आठ हजार ७० जनाले १० कित्ताको दरले शेयर पाएका छन्।

    लघुवित्तको आइपीओमा ५ लाख ४७ हजार ३७० जना आवेदकबाट १ करोड १४ लाख ६४ हजार ९२० कित्ता योग्य आवेदन परेको थियो। जसमध्ये ५ लाख ३९ हजार ३०० जना आवेदकको हात खाली भएको छ।आइपीओमा ५ सय जनामार्फत परेको ९ हजार ७६० कित्ता शेयरको आवेदन रद्द भएको  जनाएको छ।

    लघुवित्तले भदौ ४ गतेदेखि प्रतिकित्ता १०० अङ्कित मूल्यका ८६ हजार कित्ता साधारण शेयर निष्काशन गरेको थियो। यसमध्ये लघुवित्तले १ हजार कित्ता अर्थात् जारी पूँजीको ५ प्रतिशत शेयर कर्मचारीहरूका लागि र कुल निष्काशनको ५ प्रतिशत अर्थात् ४ हजार ३०० कित्ता शेयर सामूहिक लगानी कोषका लागि छुट्टाएको थियो। बाँकी ८० हजार ७०० कित्ताका लागि सर्वसाधारणबाट आवेदन मागिएको थियो।

     

     

    प्रतिक्रिया
    थप समाचार