Online Nepal सोमबार, बैशाख ३१ २०८१

अर्थतन्त्र ठप्प हुँदापनि सेयर बजार बुलिश ट्रेेण्डमा

अर्थतन्त्र ठप्प हुँदापनि सेयर बजार बुलिश ट्रेेण्डमा


मध्यान्तर
  • सोमबार, भाद्र १५ २०७७

  • काठमाडौं । बिगत ६ महिना देखि अर्थतन्त्र ठप्प हुँदा नेपालको सेयर बजारमा भने हरियाली छाई उकालो लागिरहेको  छ । गत हप्ता बाट लगातार बढेको सेयर बजार यो हप्ता पनि बढ्ने क्रमले निरन्तरता पाएको छ । सोमबार सेयर बजारमा उत्साह देखिँदा नेप्से १४८४.९९ अंकमा पुगेको छ ।

    केही साता १४०० अंकको वरिपरि घुमेको सेयर बजार कोभिड १९ ले गर्दा सबै व्यापार व्यवसाय ठप्प हुँदा  पनि नयाँ लगानीकर्ताको आगमन र बैंकको ब्याजदरमा कमि भएकोकाले साताबाट निरन्तर रुपमा उकालो लागेको छ यस्तै बैंकमा तरलता अधिक हुँदा घट्दो कर्जाको ब्याजदरले बजारलाई ऊर्जा प्रदान गरेको बजारको विश्लेषकहरू बताउँछन् । सोमबार बजार परिसूचकसँगै कारोबार रकममा समेत वृद्धि भएकोछ । आइतबार ४.६४ अंकले वृद्धि भएर १४६२.६७ अंकमा बन्द भएको नेप्से सोमबार २२.३१ अंकले बढेर १४८४.९९ अंकमा बन्द भएको छ ।

    आज बजारमा १८९ कम्पनीको ७७ लाख ६३ हजार ०५६ कित्ता सेयर किनबेच हुँदा तीन अर्ब ४६ करोड २५ लाख ८६ हजार रुपैयाँको कारोबार भएको छ । नेप्से सँगै  अन्य सुचक सेन्सिटिभ इन्डेक्स पनि बढेको छ । सेन्सिटिभ इन्डेक्स २.०५ अंकले बढेर २९८.३५ अंकमा बन्द भएको छ ।लगातार उच्च कारोबार हुँदै आएको नेपाल  पुनर्बिमा कम्पनीको सेयरमा सोमबार पनि लगानीकर्ता आकर्षक भएका छन् ।   सोकम्पनीको सेयर २८ करोड ७४ लाख ५४ हजार रुपैयाँको किनबेच भएको छ । यस्तै नेको इन्स्योरेन्स, नेपाल लाइफ इन्स्योरेन्स, शिवम् सिमेन्ट र हिमालयन डिस्टिलरी धेरै कारोबार हुने शिर्ष ५ कम्पनीमा अटाएका छन् ।

    प्रतिक्रिया
    थप समाचार