Online Nepal सोमबार, बैशाख ३१ २०८१

सिद्धार्थ बैंकले सुरु गर्‍यो ग्रीन पिन सेवा

सिद्धार्थ बैंकले सुरु गर्‍यो ग्रीन पिन सेवा


मध्यान्तर
  • मंगलबार, भाद्र १६ २०७७

  • काठमाडौं ।सिद्धार्थ बैंक लिमिटेडले बैंकिङ सेवा प्रभावकारी एवं वातावरणमैत्री बनाउने उद्देश्यले कार्डको पिन कोड प्राप्त गर्नका लागि ग्रिन पिन सेवा सुचारु गरेकोे छ । बैंकले ग्राहकको डेबिट र क्रेडिट कार्डको ग्रिन पिन सोझै आफ्नो मोबाइल नम्बरमा प्राप्त गरी कार्डको पिन निर्धारण गर्न सक्ने प्रविधि सुरु गरेको हो ।  ग्राहकले आफ्नो नयाँ कार्डको पिन सिद्धार्थ बैंकको कुनै पनि एटिएम वा नेप्से सदस्य रहेका केही बैंकहरूको एटिएमबाट निर्धारण गर्न सक्ने बैंकले जनाएको छ । यसरी पिन निर्धारण गर्न एटिएममा कार्ड राखेपछि ग्राहकहरूलाई बैंकमा रजिस्टर्ड आफ्नो मोबाइल नम्बरमा एसएमएसमार्फत ग्रिन पिन आउने जनाइएको छ ।

    प्राप्त भएको ग्रिन पिन ग्राहकले एटिएममा राखी आफ्नोे नयाँ पिन नम्बर निर्धारण गर्न सक्ने बैंकले जनाएको छ । पिन परिवर्तन भएपछि, कार्ड सक्रिय हुने र ग्राहकले आफ्नो कार्ड एटिएम र पिओएस मेसिन तथा अनलाइन कारोबारमा सजिलै प्रयोग गर्न सक्ने जनाइएको छ । यसका साथै अन्य बैंकका एटिएममा पनि विनाकुनै अतिरिक्त शुल्क प्रयोग गर्न सक्ने बैंकले जनाएको छ ।

    प्रतिक्रिया
    थप समाचार