Online Nepal आइतबार, बैशाख १६ २०८१

अबदेखि कर्जाको ब्याजदर स्थिर हुने

अबदेखि कर्जाको ब्याजदर स्थिर हुने


मध्यान्तर
  • बुधबार, भाद्र ३१ २०७७

  • काठमाडौं । बैंक तथा वित्तीय संस्थाहरुले आगामी असोज मसान्तभित्र स्थिर व्याजदर कायम गरि प्रकाशित गर्नुपर्ने भएको छ।नेपाल राष्ट्र बैंकले पहिलो पटकको लागि बैंकहरुलाइ आगामी असोज मसान्तभित्र स्थिर ब्याजदर कायम गरी प्रकाशन गर्न निर्देशन दिएकाे छ।

    राष्ट्र बैंकले एकीकृत निर्देशिका २०७७ जारी गर्दै एक वर्षभन्दा बढी भुक्तानी अवधि भएका व्यक्तिगत आवधिक कर्जाहरुको ब्याजदर परिवर्तन नहुने गरी स्थिर ब्याजदर कायम गर्नुपर्ने व्यवस्था गरेको छ। सोही अनुसार बैंकहरूले आगामी एक महिनाभित्रै  स्थिर व्याजदर कायम गर्नुपर्ने भएकाे हाे।

    यसअघि कर्जा लिने समयमा सस्तो ब्याजदरमा कर्जा लगानी गरेपनि समय समयमा ब्याजदर बढाउने गरेको गुनासो ऋणीहरुले गर्दै आएका थिए। राष्ट्र  बैंकले व्यक्तिगत आवधिक कर्जामा स्थिर व्याजदर कायम गर्नुपर्ने व्यवस्था गरेपछि ऋणीहरुलाई  केही राहत हुने भएको छ।

    बैंक तथा वित्तीय संस्थाहरुले एक वर्षभन्दा बढी भुक्तानी अवधि भएका प्रत्येक व्यक्तिगत आवधिक कर्जाको ब्याजदर भुक्तानी अवधीभर परिवर्तन नहुने गरी स्थीर ब्याजदर निर्धारण गर्नुपर्ने छ। तर, ऋणि स्वयंले इजाजतपत्र प्राप्त संस्थाको आधार दर परिवर्तन हुँदा परिवर्तन हुने परिवर्तनीय ब्याजदरमा कर्जा लिन चाहेमा ऋणिको अनुरोधमा  परिवर्तनीय ब्याजदर कायम गर्न सकिने छ।

     

    प्रतिक्रिया
    थप समाचार