Online Nepal सोमबार, बैशाख ३१ २०८१

गरिमा बिकास बैंकको एकै दिन ६ वटा शाखा संचालन

गरिमा बिकास बैंकको एकै दिन ६ वटा शाखा संचालन


मध्यान्तर
  • शुक्रबार, असोज २ २०७७

  • काठमाडौं । गरिमा विकास बैंकले बिहीबार एकै पटक ६ वटा शाखा संचालनमा ल्याएको छ । बैंकले असोज १ गते काठमाण्डौ उपत्यका भित्र र बाहिर गरी देशका विभिन्न स्थानमा ६ वटा शाखा कार्यालयहरु सञ्चालनमा ल्याएको छ ।

    उपत्यका बाहिर नवलपुरको गैडाकोट, रुपन्देहीको कोटिहवा, रौतहटको चन्द्रपुर, धनुषाको जनकपुर र उपत्यका भित्र काठमाण्डौको ढुङगेधारा तथा ललितपुरको इमाडोल गरी एकैदिन ६ वटा शाखा कार्यालयहरु संचालनमा ल्याएको बैंकले जनाएको छ ।यो संगै बैंकले काठमाण्डौं उपत्यकाभित्र १३ वटा शाखा सहित देशभर सम्पुर्ण प्रदेशमा ९७ शाखा, ५१ एटीएम र गरिमा रेमिटका १० हजारभन्दा बढि एजेण्टमार्फत ग्राहकहरुलाई सेवा प्रदान गर्दै आईरहेको छ ।

    प्रतिक्रिया
    थप समाचार