Online Nepal सोमबार, बैशाख ३१ २०८१

एनआईसी एशिया बैंकको असोज मसान्तसम्म सावाँ र ब्याज चुक्ता गर्दा ८.९९ प्रतिशत मात्र ब्याजदर

एनआईसी एशिया बैंकको असोज मसान्तसम्म सावाँ र ब्याज चुक्ता गर्दा ८.९९ प्रतिशत मात्र ब्याजदर


मध्यान्तर
  • शुक्रबार, असोज २ २०७७

  • काठमाडौँ । एनआईसी एशिया बैंकले विश्वब्यापी फैलिएको कोरोना भाइरसका कारण आफ्ना ग्राहकहरुलाई परेको आर्थिक भारलाई कम गर्ने उद्देश्यले २०७७ असोज मसान्तका लागि आकर्षक सहुलियत योजना ल्याएको छ ।

    यो योजना अनुसार २०७७ साउन मसान्तसम्म ३ महिना वा बढीले बक्यौताको भाखा नाघेका कर्जाहरूको २०७७ असोज मसान्तसम्म  साँवा तथा ब्याज रकम सोही मसान्तभित्र चुक्ता भुक्तान गरेमा साविकको ब्याजदरलाई घटाई १ कात्तिक २०७७ देखि लागू हुनेगरी ८.९९ प्रतिशत ब्याजदर कायम गरिनेछ ।

    बैंकबाट मासिक तथा त्रयमासिक किस्ताबन्दी कर्जाहरूका साथै चालूपुँजी कर्जा तथा अन्य रिभल्विङ प्रकृतिका कर्जाहरू लगायत बैंकबाट प्रवाह भएका कुनै पनि कर्जाहरू उपभोग गर्नुभएका सम्पूर्ण योग्य ग्राहकहरूले यस योजनामा सहभागी भई समयमै लाभ उठाउन सक्ने बैंकले जनाएको  छ।

    प्रतिक्रिया
    थप समाचार