Online Nepal शनिबार, जेष्ठ ५ २०८१

काभ्रेको प्रतिष्ठित सहकारी ‘बिन्धवासिनी’को सेवा अब काठमाडौंबाट

काभ्रेको प्रतिष्ठित सहकारी ‘बिन्धवासिनी’को सेवा अब काठमाडौंबाट


मध्यान्तर
  • शुक्रबार, असोज २ २०७७

  • काठमाण्डौं । सहकारी क्षेत्रमा छुट्टै पहिचान बनाई राष्ट्रिय तथा अन्तर्राष्ट्रिय क्षेत्रमा सबल, सुरक्षित र दिगो वित्तीय सहकारीको रुपमा परिचित बिन्धवासिनी बचत तथा ऋण सहकारी संस्था लि. काभ्रेपलाञ्चोकले असोज १ गते देखि काठमाण्डौ मिनभवन स्थित सेवा कार्यालयबाट कारोबार शुभारम्भ गरकोछ ।

    काठमाण्डौमा रहेको सिर्जनशिल बचत तथा ऋण सहकारी संस्थासंग एकिकरण भए पछि एकिकृत कारोबार शुभारम्भ गरेको हो ।
    एकिकृत कारोबार शुभारम्भ कार्यक्रममा राष्ट्रिय सहकारी महासंघका अध्यक्ष मिनराज कडेल, राष्ट्रिय सहकारी बैंक लि.का अध्यक्ष के.बी. उप्रेती, पूर्व बैंकर उमेश सिं भण्डारी लगायत विशिष्ट व्यक्तिहरु र एकिकृत दुवै संस्थाका पदाधिकारी तथा कर्मचारीहरुको उपस्थिति रहेको थियो । कार्यक्रममा राष्ट्रिय सहकारी महासंघका अध्यक्ष मिनराज कडेलज्यूले रिबन काटेर बिन्धवासिनी बोर्ड अनावरण गरी शुभारम्भ गर्नु भएको थियो भने संस्थाको प्रमुख व्यवस्थापक के.बी.लामा स्याङ्तानले संस्थाको हाल सम्मको वित्तीय स्थिति र संचालन गरेका गैह्रवित्तीय सेवाहरुको संक्षिप्त जानकारी गराएका थिए ।

    उक्त दुवै संस्था एकिकरण पश्चात करीब ३८ हजार शेयर सदस्य र सात हजार आठ सय बाल बचत कर्ता गरी ४५ हजार भन्दा बढि सेवाग्राही आवद्ध रहेको उक्त संस्थाको शेयर पूजी ३३ करोड २५ लाख, बचत तथा निक्षेप दुई अर्ब ४१ करोड ५४ लाख, ऋण लगानीमा रहेको रकम दुई अर्ब ३४ करोड १७ लाख भई कूल सम्पत्ति ३ अर्ब २५ करोड पुगेको समेत जानकारी गराइएको थियो ।

    संस्थाका अध्यक्ष प्रदिप थापाले बिन्धवासिनी माता र लक्ष्मी माताको पूजा आजा गरी शुरु भएको कार्यक्रममा राष्ट्रिय सहकारी महासंघका अध्यक्ष मिनराज कडेल र राष्ट्रिय सहकारी बैंकका अध्यक्ष के.बी. उप्रेतीले बधाई एवं सफलताको शुभकामना व्यक्त गरेका थिए ।
    शुभारम्भ कार्यक्रमको अवसरमा १० जना नयाँ शेयर सदस्य बनेका थिए भने शेयर एक लाख ७८ हजार शेयर र एक करोड भन्दा बढि बचत संकलन भएको प्रमुख व्यवस्थापक लामाले जानकारी दिए ।

    नेपाल सरकारबाट तोकिएको कोभिड १९ स्वास्थ्य सुरक्षा सम्बन्धी मापदण्ड कायम गरी संचालन गरिएको अनौपचारिक कार्यक्रमको उपस्थित अतिथि तथा सम्पूर्ण महानुभावहरुलाई धन्यवाद सहित समापन अध्यक्ष प्रदिप थापाले गरेका थिए ।

    प्रतिक्रिया
    थप समाचार