Online Nepal शनिबार, जेष्ठ ५ २०८१

बजाजले ल्यायो चाडपर्व अफर ‘रोजेरै खुसी’

बजाजले ल्यायो चाडपर्व अफर ‘रोजेरै खुसी’


मध्यान्तर
  • सोमबार, असोज ५ २०७७

  • काठमाडौं, ३ असोज – दशैं र तिहार चाडपर्वको विशेष उपलक्ष्यमा बजाज मोटरसाइकलको एकमात्र आधिकारिक वितरक हंसराज हुलासचन्द एण्ड कम्पनीले ‘खुसी खोज्ने होइन रोज्ने’ भन्ने नारा सहित ‘रोजेरै खुसी’ योजना सार्वजनिक गरेको छ । कोभिड—१९ महामारीको समयमा पनि बजाजले ग्राहकहरुमाँझ खुसी बाड्न उनीहरुको आवश्यकता अनुरुपका योजनाहरु ल्याएको जनाएको छ ।

    रोजेरै खुसी योजना अन्तर्गत ग्राहकहरुले बजाजको कुनै पनि नयाँ मोटरसाइकलको खरिदमा तीनवटा अफर — रु १०,००० को नगद छुट पाउँन, अथवा ५०५ डाउन पेमेन्टमा ०५ ब्याज वा २०५ डाउन पेमेन्टमा फाइनान्सिंगको सुविधा मध्य कुनै एक अफर छनौट गरी लाभ लिन सक्नेछन् । यो योजना देशभरका सबै बजाज शोरुमहरुमा उपलब्ध छ ।

    बजाजले सदैव ग्राहकहरुका लागि रोमाञ्चक योजना र अफरहरु ल्याउदै आइरहेको छ । र, दशैं र तिहार चाडपर्वको शुभ अवसरमा बजाजले ग्राहकहरुलाई विभिन्न तीनवटा योजनाको लाभ लिन र सुरक्षा सुनिश्चित गर्दै खुशीका साथ उत्सवहरु मनाउने अवसर प्रदान गरेको छ ।

    यस अफरको शुभराम्भ गर्दै हंसराज हुलासचन्द एण्ड कम्पनीका प्रबन्ध निर्देशक शेखर गोल्छाले भने– “बजाजले सदैव आवश्यकता अनुरुप ग्राहकहरुका लागि रोमाञ्चक तथा लाभदायी अफर र योजना ल्याउदै आएको छ । हामी ग्राहकहरुको खुसीको कारण हुन पाएकोमा निकै प्रसन्न छौं र यस चाडपर्वमा उनीहरुको उत्सवको हिस्सा बन्नका लागि रोजेरै खुशी उत्तम रहेको छ । हामीले आशा गरेका छौं कि ग्राहकहरु यस क्याम्पेनबाट निकै खुसी हुनेछन् ।”

     

    प्रतिक्रिया
    थप समाचार