Online Nepal शुक्रबार, बैशाख २८ २०८१

एनआईसी एसिया बैंकको अनलाइन कर्जा आवेदन प्रणाली सुरु

एनआईसी एसिया बैंकको अनलाइन कर्जा आवेदन प्रणाली सुरु


मध्यान्तर
  • शुक्रबार, असोज १६ २०७७

  • काठमाडौँ । एनआईसी एसिया बैंकले कोरोना भाइरसको असहज परिस्थितिले गर्दा अनलाइनमार्फत कर्जाको आवेदन दिने व्यवस्था सुरु गरेको छ। बैंकले ग्राहकमैत्री बनाउने क्रमलाई निरन्तरता दिँदै अनलाइनमार्फत कर्जा आवेदन दिन सकिने ‘अनलाइन कर्जा आवेदन प्रणाली’ को व्यवस्था गरेको हो।

    कोभिड-१९ को महामारीकाबीच सामाजिक दूरी कायम राख्नुपर्ने आजको आवश्यकतालाई महसुस गर्दै बैंकले शुक्रबार विज्ञप्ती जारी गर्दै ग्राहकमैत्री एवं सुरक्षित रुपले https://loanapplication.nicasiabank.comमार्फत अनलाइन कर्जा आवेदन दिन सकिने जानकारी दिएको हो। कर्जाको आवेदन अनलाइन दिन सकिने उक्त नवीनतम सुरुवातले बैंकको कर्जा आवेदन लिने र प्रक्रियामा लैजाने विद्यमान व्यवस्थालाई विस्थापित गर्नुका साथै बैंकसम्म पुगेर कर्जा आवेदनका निमित्त भौतिक फारम भर्नुपर्ने झन्झटबाट समेत ग्राहकहरुले नुभावहरूले मुक्ति पाउने बैंकले विश्वास लिएको छ।

    बैंकका अनुसार जुनसुकै स्थानबाट जुनसुकै समयमा आफुले इच्छाएको कर्जाको आवेदन दिन सक्ने छन्।बैंकको कुनै पनि कर्जा सम्बन्धी जानकारी लिनको लागि ‘लोन टाइप गरी ३४४८८’ मा एसएमएस वा बैंकको ९८०१२२७७५५ नम्बरमा मिस्ड कल गरी वा वेबसाइट www.nicasiabank.com मा राखिएको ‘फिड ब्याक फम’मा आफ्नो कर्जा सम्बन्धी जिज्ञासा वा गुनासो लेखेर पठाउन वा टोल फ्रि नम्बर १६६०–०१–७७७७१ मा सम्पर्क गरी बैंकको प्रतिनिधिसँग सिधा कुरा गर्न सकिने व्यवस्था बैंकले गरेको छ।

    प्रतिक्रिया
    थप समाचार