Online Nepal बिहिबार, बैशाख २७ २०८१

नबिल बैंकको अध्यक्षमा उपेन्द्र पौड्याल नियुक्त

नबिल बैंकको अध्यक्षमा उपेन्द्र पौड्याल नियुक्त


मध्यान्तर
  • मंगलबार, असोज २० २०७७

  • काठमाडौं । नबिल बैंकमा उपेन्द्र पौड्याल नयाँ अध्यक्षमा नियुक्त भएका छन् । २०७४ मंसिर १५ गतेदेखि सञ्चालकको रूपमा बैंकमा प्रवेश गरेका पौड्याललाई सञ्चालक समितिले ३ वर्षपछि अध्यक्ष बनाएको हो । उनी पछिल्लो समय एसिया प्यासिफिकको ग्लोबल अलाइन्स फर बैंकिङ अन भ्यालुको नेपालस्थित क्षेत्रीय प्रतिनिधि समेत छन् । नयाँ अध्यक्षमा बैंकर  पौड्याललाई मंगलबार बसेको बैंक सञ्चालक समितिको बैठकले नयाँ अध्यक्षमा नियुक्त गरेको बैंकले जनाएको छ ।नबिल बैंकमा सर्वसाधारण लगानीकर्ताको तर्फबाट सञ्चालकको जिम्मेवारीमा रहेका दुई जनाको ४ वर्षे कार्यकाल यही असोज १७ गते सकिएको छ । शम्भुप्रसाद पौड्याल र दयाराम गोपाल अग्रवालको पदावधि सकिएको हो ।

    प्रतिक्रिया
    ताजा अपडेट
    थप समाचार