Online Nepal आइतबार, जेष्ठ ६ २०८१

शेयर कारोबार आजबाट सुचारू

शेयर कारोबार आजबाट सुचारू


मध्यान्तर
  • बुधबार, कार्तिक १२ २०७७

  • काठमाडौं । दशै बिदामा ५ दिनदेखि बन्द रहेको शेयर कारोबार  आजदेखि खुल्ने भएको छ । नेप्से निरन्तर बढेर १६०० अंक भन्दा माथि पुगेको छ । बैंक तथा वित्तीय संस्थाले धमाधम लाभांश घोषणा गर्न थालेकाले शेयर बजार अझै बढने अपेक्षा लगानीकर्ताहरुले गरेका छन् ।  बैंक तथा वित्तीय संस्थाहरु आजदेखि खुल्ने भएका छन् ।  त्यस्तै दशैंका लागि बन्द भएका बैंक तथा वित्तीय संस्थाहरु विजयादशमीको तेस्रो दिन आजदेखि खुल्न लागेका हुन् ।

    कात्तिक ७ गतेदेखि ११ गतेसम्म बैंकका शाखाहरु बन्द भएका थिए । लामो समयदेखि बन्द बैंक तथा वित्तीय संस्था आजदेखि खुल्ने भएपछि भिडभाड बढी हुने सम्भावना रहेको बैंकका कर्मचारी बताउँछन् ।

    कारोना भाइरसको संक्रमण फैलिएका कारण गत वर्षको दशैंमा भन्दा यस वर्षको दशैंमा बैंक तथा वित्तीय संस्था बढी समय बन्द हुन पुगेका हुन् । गत वर्ष दशैंको समयमा पनि फाट्ट फुट्ट खुलेका बैंक तथा वित्तीय संस्थाका शाखा यस पटकको दशैंमा खुलेनन् ।

    दशैंअघि नेपाल बैंकर्स संघले सार्वजनिक गरेको तथ्यांक अनुसार बैंक तथा वित्तीय संस्थामा कार्यरत ३ हजार ७ सय भन्दा बढी कर्मचारीमा कोरोना संक्रमण देखिएको छ ।

    दशैंको अवधिमा बैंकको शाखा कार्यालय बन्द भएपनि डिजिटल बैंकिङ सेवाहरु मोबाइल बैंकिङ, इन्टरनेट बैंकिङ भने सञ्चालनमा आएका थिए । यस्तै बैंकहरुको एटिएम सेवा पनि नियमित रुपमा सञ्चालनमा आएका थिए ।

    कोरोना भाइरस संक्रमणबाट बच्न तथा जोखिम न्यूनिकरणका लागि डिजिटल बैंकिङका अधिकतम प्रयोग गर्न समेत संघले आग्रह गर्दै आएको छ ।

     

    प्रतिक्रिया
    थप समाचार