Online Nepal आइतबार, जेष्ठ ६ २०८१

तातोपानी नाका बुधबारदेखि सञ्चालनमा

तातोपानी नाका बुधबारदेखि सञ्चालनमा


मध्यान्तर
  • बुधबार, कार्तिक १२ २०७७

  • काठमाडौं । कोरोना भाइरसका कारण गत असोज २० गतेदेखि बन्द भएको तातोपानी नाका बुधबारदेखि सञ्चालनमा आउने भएको छ । चिनियाँ अधिकारीहरुबाट बुधबारदेखि नेपाली भन्सार यार्डसम्म सामान पठाउन सुरु गर्ने जानकारी प्राप्त भएको छ ।

    बुधबार मध्याहृनसम्म नाकामा कुनै सामान आइनपुगेको तर साँझसम्म नाकाबाट माल वस्तु आयात सुरु हुने जनाएको छ ।कोरोना संक्रमणको जोखिमका कारण सर्तकता अपनाउँदै नाका सञ्चालन गर्न लागिएको जिल्ला प्रशासन कार्यलय सिन्धुपाल्चोकले जनाएको छ । चिनियाँ अधिकारीहरुसँग भएको समझदारीअनुसार नेपालले नाकामा तयार पारेको आइसोलेसन यार्डमा चिनियाँ ट्रकले माल वस्तु ल्याएर छोडेर जानेछ । नेपालतर्फ चिनियाँ कन्टेनरले सामान ल्याएर राख्ने आइसोलेटेड ठाउँको मार्किङ्ग गर्ने काम सकिएको तातोपानी भन्सार कार्यालयले जनाएको छ । अब नेपाली श्रमिकहरु चीनतर्फ जानु पर्दैन, चिनियाँहरुले नै कन्टेनर नेपाली यार्डमा ल्याइदिनेछन् ।
    नेपाली यार्डमा रहेको आइसोलेटेड ठाउँमा चिनियाँले ट्रक छोडर जाने र त्यहाँबाट नेपालीले सामान लोड गर्ने गरी तयारी गरिएको छ ।यसरी सामान ढुवानी गर्दा दैनिक ७ वटासम्म चिनियाँ कन्टेनर नेपालतर्फ आइपुग्ने छन् । बाढी र पहिरो जोखिमका कारण तीन महिनादेखि बन्द भएको नाका १९ असोजमा सञ्चालनमा आएको थियो, तर चीनतर्फ गएर सामान लोड गर्न खटिएका ७ जना नेपाली श्रमिकमा कोरोना देखिएपछि सञ्चालनको दोस्रो दिनमै चीनले सीमा नाका बन्द गरेको थियो ।

    प्रतिक्रिया
    थप समाचार