Online Nepal आइतबार, जेष्ठ ६ २०८१

उचित लाभांशको अपेक्षाका कारण नेप्से परिसूचक दोहोरो अंकले वृद्धि

उचित लाभांशको अपेक्षाका कारण नेप्से परिसूचक दोहोरो अंकले वृद्धि


मध्यान्तर
  • बुधबार, कार्तिक १२ २०७७

  • काठमाडौं । नेप्से परिसूचक आज ४१.२० अंकले बढेको छ । दशै बिदापछी खुलेको बजार पहिलो दिन दोहोरो  अंकले बढेको  हो ।    नेप्सेमा सूचीकृत कम्पनीहरुले धमाधम उचित प्रतिफल  प्रस्ताव गर्न थालेपछी  कम्पनीले बितरण गर्ने लाभांश(प्रतिफल ) बुक गर्नतिर लगानीकर्ताहरु लाग्द्दा शेयर बजारमा उछाल आएको हो । बुधबार नेप्से ४१.२० अंकले बढनुलाई यही कारणको रुपमा लिएका छन् ।

    बुधबार कारोबार पौने तीन अर्बको भएको छ ।आज नेप्से ४१.२० अंकले बढेर १६४७.४६ अंकमा पुगेको छ । यसअघि नेप्सेले बनाएको रेकर्ड १८८१ अंक पहिल्याउँदै हिडेको छ । बैंकहरुले लाभांश धमाधम घोषणा गर्न थालेकाले शेयर बजारमा सुधार देखिएको धितोपत्र ब्रोकरको भनाइ छ ।

    यस्तै साना लगानीकर्ता शेयर बजार ओरालो लागेपछि डराएर बिक्री गरिरहेका बेला ठूला लगानीकर्ता भने पैसाको जोहो गरेर शेयर खरिद गर्न थालेका छन् ।

    साना लगानीकर्ता निराश भएको बेला ठूला लगानीकर्ताहरुले सम्भावना देखेर छानीछानी धेरै  प्रतिफल घोषणा गरेका र घोषणा गर्न सक्ने कम्पनीको शेयर उठाउँदै छन् । राम्रा कम्पनीको शेयर धितोमा राखेर कर्जा प्रवाह गर्न बैंकहरु पनि इच्छुक देखिएका छन् ।

    भर्खरै अर्थमन्त्रीमा विष्णु पौडेल नियुक्ति भएका र उनले अर्थतन्त्रका बारेमा नीतिगत रुपमा केही परिवर्तन आउन सक्ने भएकाले पनि बजार बढेको विश्लेषकहरुको भनाइ छ । बजार अझै बढने अपेक्षा ठूला लगानीकर्ताको छ ।

    अहिले पनि उच्च लाभांश दिन सक्ने कम्पनीका शेयर मूल्य पनि औसत ३-४ सय रुपैयाँ छ । यतिबेला किनेको शेयरबाट नाफा आर्जन गर्न सकिने बिश्लेषण लगानीकर्ताले गर्दै आएका छन् । त्यसमा पनि सूचीकृत कम्पनीले यो वर्ष वितरण गर्ने लाभांश हात पार्न सकिने अपेक्षा उनीहरुको छ ।

    साथै केही लगानीकर्ताले  शेयर बजारमा नीतिगत सुधार आउने सम्भावना देखेकाले पनि शेयर खरिद गर्न उपयुक्त समय भएको तर्क दिने गरेका छन् ।

    अर्थमन्त्री पौडेल शेयर बजारप्रति सकारात्मक रहेकाले पनि शेयर बजार उकालो लाग्न सक्ने लगानीकर्ताको बुझाइ छ । पौडेलले अर्थमन्त्रीको जिम्मेवारी सम्हालेपछि पुँजी बजारले हरियो संकेत देखाउँदै अघि बढेको छ ।

    शेयर कर्जा १४- १५ प्रतिशत ब्याजमा ऋण लिदै आएका लगानीकर्ता अहिले ८,९ प्रतिशत ब्याजदरमा शेयर कर्जा पाएकाले पनि बजार बढन पुगेको हो । पछिल्ला दिनमा शेयर कर्जा लिनेको संख्या पनि बढेको छ ।

     

     

    प्रतिक्रिया
    थप समाचार