Online Nepal आइतबार, जेष्ठ ६ २०८१

पोखराको मातृशिशु मितेरी हस्पिटलमा प्रभु बैंकको एक्स्टेन्सन काउण्टर

पोखराको मातृशिशु मितेरी हस्पिटलमा प्रभु बैंकको एक्स्टेन्सन काउण्टर


मध्यान्तर
  • सोमबार, कार्तिक १७ २०७७

  • काठमाडौं । पोखरा बाटुलेचौरस्थित मातृशिशु मितेरी हस्पिटलमा प्रभु बैंकले एक्स्टेन्सन काउण्टर सञ्चालनमा ल्याएको छ । मातृशिशु मितेरी हस्पिटल परिसरमा गण्डकी प्रदेशका प्रदेश सासद कृष्ण बहादुर थापा एक्स्टेन्सन काउण्टरको उद्घाटन गरे ।

    यो एक्स्टेन्सन काउण्टरबाट विहान ८ बजेदेखि साँझ ७ बजेसम्म उपचार तथा स्वास्थ्यसम्बन्धी कार्यको सिलसिलामा मातृशिशु मितेरी हस्पिटलमा आउने सम्पुर्ण सेवाग्राहीहरुलाई बैंकिङ्ग सेवा उपलब्ध हुनेछ ।

    उपचारको सिलसिलामा मातृशिशु मितेरी हस्पिटलमा आउने सेवाग्राहीहरुले बुझाउनु पर्ने जुनसुकै रकम विना झण्झट सरल एवं सहज रुपमा प्रभु बैंकको एक्स्टेन्सन काउण्टरमा जम्मा गर्न पाउने छन् । यस एक्स्टेन्सन काउण्टर सञ्चालन पश्चात् मातृशिशु हस्पिटलको आर्थिक क्रियाकलाप बैंकिङ्ग प्रणाली मार्पmत् हुने भई प्रशासनिक सहजता प्राप्त हुनेछ भन्ने बैंकले विश्वास लिएको जनाएको छ ।

    प्रभु बैंकले २१० वटा शाखा कार्यालय, १९५ वटा एटीएम, ५६ वटा एक्स्टेन्सन काउण्टर तथा १७ वटा शाखा रहित बैंकिङ्ग सेवा मार्पmत् अत्याधुनिक प्रविधियुक्त गुणस्तरीय बैंकिङ्ग सेवा प्रवाह गरिरहेको जनाएको छ ।

    प्रतिक्रिया
    थप समाचार