Online Nepal सोमबार, जेष्ठ ७ २०८१

हिमालयन बैंक र बैंक अफ काठमाण्डूले चीनको अदालतमा बैंक जमानत सम्बन्धि मुद्दा जिते

हिमालयन बैंक र बैंक अफ काठमाण्डूले चीनको अदालतमा बैंक जमानत सम्बन्धि मुद्दा जिते


मध्यान्तर
  • शुक्रबार, कार्तिक २१ २०७७

  • काठमाडौं । हिमालयन बैंक र बैंक अफ काठमाण्डूले चीनको अदालतमा मेलम्ची खानेपानी आयोजनाको ठेक्कामा बैंक जमानत सम्बन्धि डेढ अर्ब रूपैयाँ बढीकाे मुद्दा जितेका छन्। यससँगै दुई बैंकको लामो समयदेखि डुबेको डेढ अर्ब भन्दा बढी रकम फिर्ता पाउने भएका छन्।

    यी दुई बैंकले मेलम्ची खानेपानी आयोजनाको ठेकेदार चाइना रेल्वे ग्रुप अफ कम्पनीका तर्फबाट काउन्टर ग्यारेन्टी बसेका थिए । बैंक अफ काठमाण्डूको ८५ करोड र हिमालयन बैंकले ६६ करोड रुपैयाँ गरी १ अर्ब ५१ करोड बराबरको काउन्टर ग्यारेन्टी बसेका थिए। ठेक्का पाएको कम्पनी कामै नगरी विविध कारण देखाउदै ठेक्का ताेडि केहि रकम भुक्तानी लिएर भागेपछि बैंकहरु तनाबमा परेका थिए।

     

    प्रतिक्रिया
    थप समाचार