Online Nepal सोमबार, जेष्ठ ७ २०८१

कुमारी बैंकको लाभांश अनुपात परिवर्तन

कुमारी बैंकको लाभांश अनुपात परिवर्तन


मध्यान्तर
  • आइतबार, कार्तिक २३ २०७७

  • काठमाडौं । कुमारी बैंक लिमिटेडले शेयरधनिहरुलाई वितरण गर्ने घोषणा गरेको लाभांश अनुपात परिवर्तन गरेको छ।

    बैंकले अब गत आर्थिक वर्षको मुनाफा तथा प्राप्ति गर्दा कायम रहेको पूँजीगत जगेडा कोषको रकम समेतबाट हाल कायम चुक्ता पूँजीको १०.८५ प्रतिशत बोनस शेयर र ३.१५ प्रतिशत नगद लाभांश गरी कुल १४ प्रतिशत लाभांश वितरण गर्ने भएको छ।

    बैंकले यस अघि १० प्रतिशत बोनस शेयर र ४ प्रतिशत नगद लाभांश वितरण गर्ने घोषणा गरेको थियो। नेपाल राष्ट्र बैंकबाट जारी ईजाजत पत्र प्राप्त बै)क तथा वित्तीय संस्थाको वार्षिक साधारण सभा प्रयोजनको लागि वित्तीय विवरण प्रकाशन गर्न सहमति प्रदान गर्ने तथा लाभांश स्वीकृत गर्ने कार्यविधि, २०७७ खण्ड (ख) लाभांश स्वीकृति सम्बन्धी बुँदा नं. ११ को प्रावधान समेत हुने गरी सो संशोधन गरेको जनाएको छ। कात्तिक २१ गते बसेको बैंकको सञ्चालक समितिको बैठकले सो निर्णय गरेको हो।

    प्रस्तावित लाभांश नेपाल राष्ट्र बैंक तथा बैंकको आगामी वार्षिक साधारण सभाले पारित गरेपश्चात शेयरधनीहरुलाई वितरण गरिनेछ।

    प्रतिक्रिया
    थप समाचार