Online Nepal सोमबार, जेष्ठ ७ २०८१

कुमारी बैंकको नाफा ४९.८९ प्रतिशतले वृद्धि

कुमारी बैंकको नाफा ४९.८९ प्रतिशतले वृद्धि


मध्यान्तर
  • सोमबार, कार्तिक २४ २०७७

  • काठमाडौं ।  कुमारी बैंकको पहिलो त्रैमासिक नाफामा उल्लेख्य वृद्धि  देखिएको छ ।  भर्खरै देवः विकास बैंकलाई प्राप्ति गरेको कुमारी बैंकको नाफा ४९.८९ प्रतिशतले बढेको हो। बैंकले चालु आर्थिक वर्ष २०७७/७८ को पहिलो त्रैमासिकमा ६० करोड २५ लाख रुपैयाँ नाफा आर्जन गरेको छ। प्राय,  बैंकको नाफामा भारी गिरावट हुँदै गर्दा कुमारी बैंकको नाफामा भने उल्लेख्य सुधार भएको हो  ।

    तीन महिनाको अवधिमा बैंकको खुद व्याज आम्दानी ४३ प्रतिशतले बढेको छ। बैंकले यसै अवधिमा एक अर्ब ३१ करोड रुपैयाँ आर्जन गरेको छ। गत वर्षको सोही अवधिमा ९१ करोड ८५ लाख रुपैयाँ थियो। तीन महिनाको अवधिमा बैंकको कर्जा लगानी ०.३५ प्रतिशतले घटेको छ। बैंक कर्जा खोसाखोसको सिकार बनेको हो। बैंकले तीन महिनाको अवधिमा एक खर्ब १७ अर्ब रुपैयाँ निक्षेप संकलन गरि एक खर्ब १० अर्ब रुपैयाँ कर्जा लगानी गरेको छ।

    बैंकको नाफा ६० करोड रुपैयाँ भए पनि वितरण योग्य मुनाफा भने २५ करोड ९१ लाख रुपैयाँ मात्रै रहेको छ। बैंकको खराब कर्जा बढेको छ। खराब कर्जा १.४३ प्रतिशत पुगेको छ भने कस्ट फण्ड घटेको छ। बैंकले स्प्रेडदर ०.६१ प्रतिशतले बढाएर नाफामा पनि सुधार गरेको हो। बैंकले स्प्रेड दर ४.३६ प्रतिशत पु¥याएको छ। प्रतिशेयर आम्दानी १२ रुपैयाँबाट १९ रुपैयाँ पुगेको छ।

    प्रतिक्रिया
    थप समाचार