Online Nepal आइतबार, जेष्ठ ६ २०८१

नेप्से परिसूचकको ऐतिहासिक  रेकर्ड

नेप्से परिसूचकको ऐतिहासिक  रेकर्ड


मध्यान्तर
  • बुधबार, कार्तिक २६ २०७७

  • काठमाडौं । बुधबार नेप्से परिसूचकले ऐतिहासिक  रेकर्ड कायम गरेको छ  । चार वर्ष पछि नेप्से इन्डेक्स १७०० माथि उक्लिएपछि लगानीकर्ताहरु उत्साहित बनेका हुन् । बुधबार नेप्से परिसूचक १.७२ प्रतिशत अर्थात २८.८९ अंकले बढेर १७०७.६८ बिन्दुमा पुगेको छ ।

    चार बर्षअघि २०७३ कार्तिक २९ गते १७०६.२८ विन्दुमा पुगेकाे थियाे । त्यसबेला ७८ कराेड ९ लाख रूपैयाँ मात्रै काराेबार भएकाे थियाे

    यस दिनकाे कारोबार रकममा पनि सुधार आएको छ । बुधबार १९५ वटा कम्पनीको एक करोड २५ लाख ३६ हजार ६५१ कित्ता शेयर किनबेच भएर ४ अर्ब ९ करोड ९६ लाख रुपैयाँमा बराबरको कारोबार भएको छ । मंगलबार पनि ४ अर्ब ९ करोड रुपैयाँ बराबरको कारोबार भएको थियो ।

    बुधबार कारोबारमा आएका उपसमुहहरुमध्ये ११ वटा उपसमुहको सूचक सकारात्मक देखिएको छ भने एउटा उपसमुहको सूचक मात्रै नकारात्मक देखिएको छ । यस दिन फाइनान्स समुहको सूचक बहेक सबै सकारात्मक देखिएका हुन् ।

    व्यापार उपसमुहको सूचक सबैभन्दा धेरै ९.९९ प्रतिशतले बढेको छ भने उत्पादन तथा प्रशोधन उपसमुहको सूचक ६.२१ प्रतिशत, अन्यको ४.१२, निर्जीवन बीमाको ४.०२ प्रतिशतले बढेको छ ।

    यस्तै बुधबार भएको  कारोबारमा आएका ६ वटा कम्पनीहरुको शेयरमूल्यमा सकारात्मक सर्किट लागेको छ । यस दिन साल्ट ट्रेडिङ कम्पनीको शेयरमूल्य सबैभन्दा धेरै १० प्रतिशतले बढेको छ भने लक्ष्मी इक्युटी फण्डको इकाई मूल्य पनि ९.९९ प्रतिशतले बढेको छ ।यस्तै नागरिक लगानीको कोष र विशाल बजारको शेयरमूलय ९.९८ प्रतिशतले एनआईसी ग्रोथ फण्डको इकाई मूल्य ९.९० र सानिमा जनरल इन्स्योरेन्सको ९.९९ प्रतिशतले बढेको छ

    प्रतिक्रिया
    थप समाचार