Online Nepal आइतबार, जेष्ठ ६ २०८१

बुधबारदेखि नेप्से खुल्ने

बुधबारदेखि नेप्से खुल्ने


मध्यान्तर
  • मंगलबार, मंसिर २ २०७७

  • काठमाण्डौ । तिहारको चार दिनको बिदापछि भोलि बुधबारदेखि धितोपत्र बजार नेप्से खुल्ने भएको छ

    आइतबारदेखि आज मंगलबारसम्म  सार्वजनिक बिदा दिइएकोले नेप्से  पनि बन्द रहेको छ। अब भोलिबाट सबै सरकारी कार्यालय, सार्वजनिक निकाय, संघसंस्थालगायत भोलिबाट खुल्ने भएकाले धितोपत्र दोस्रो बजार पनि खुल्ने भएको हो।

    गत बिहीबार नेप्से परिसूचक दोहोरो अंकले वृद्धि हुँदै १७१८.४९ अंक कायम भई कारोबार रकमसमेत करिब ५ अर्ब रुपैयाँ भएको

    बैंकहरुले पछिल्लो समय बचतमा औसतमा १.५ प्रतिशत ब्याजदरमात्रै दिएकाले समेत सेयर बजारमा राम्रो कमाइ हुने आशामा नयाँ तथा पुराना लगानीकर्ताहरु सक्रिय रुपमा कारोबार गरिरहेका छन्। यस्तै सेयर धितोकर्जासमेत सिंगल डिजिटमा उपलब्ध भएकाले कर्जा लिई सेयर कारोबार गर्नेको जमात बढिरहेको छ। यिनै कारणहरुले समेत अब दोस्रो बजारमा नेप्से परिसूचक र कारोबार रकमले निकट समयमा नै नयाँ ऐतिहासिक रेकर्ड कायम गर्ने बजार विश्लेषकहरु दाबी गर्छन्।

     

    यसैगरी नेप्सेमा सूचीकृत कम्पनीहरुले गत आर्थिक वर्षबाट धमाधम सेयरधनीहरुलाई लाभांश प्रस्ताव गर्ने र साधारण सभा सम्पन्न गर्ने हुनाले समेत बजारमा उच्च खरिदचाप हुने विश्लेषकहरु जिकिर गर्छन्। वर्षभरिको कमाइ अब फल पाकेर खाने बेला भएकाले पनि सेयर खरिद चापमा उच्च दबाब पर्ने र सूचक र कारोबार रकममा छलाङ आउने जानकारहरु बताउँछ

    प्रतिक्रिया
    थप समाचार