Online Nepal आइतबार, जेष्ठ ६ २०८१

शेयर बजारमा ऐतिहासिक रेकर्ड

शेयर बजारमा ऐतिहासिक रेकर्ड


मध्यान्तर
  • बिहिबार, मंसिर ४ २०७७

  • काठमाडौं । साताको अन्तिम दिन बिहीबार शेयर बजारमा ऐतिहासिक कारोबार भएको छ । बिहीबार ६ अर्ब रुपैयाँभन्दा बढीको कारोबार भएको छ । यो नेप्सेमा भएकाे हालसम्मकै ठूलो कारोबार रकम हो । आज  नेप्सेमा १९८ वटा कम्पनीको १ करोड ४० लाख कित्ता शेयर ६ अर्ब ११ करोड ६७ लाख रुपैयाँमा खरिद बिक्री भएको छ । बुधबार  ४ अर्ब ७९ करोड रुपैयाँ बराबरको शेयर कारोबार भएकोमा बिहीबार कारोबार रकम अझै बढेको हो।

    कोरोनाको कारण अन्य क्षेत्रमा लगानीकाे अवसर नभएको र बैंकमा अधिक तरलता भएको  हुँदा शेयर बजारमा कारोबार  बढेको छ। पछिल्लाे समय कारोबार रकम दैनिक बढ्दै गइरहेको छ। यसले अरु क्षेत्रमा लगानीको सम्भावना कम हुँदा शेयर बजारमा लगानीकर्ताको आकर्षण बढेको देखिन्छ।

    शेयर बजारमा अहिले लगानीकर्ताहरुको आकर्षण व्यापार कम्पनी तथा उत्पादनमुलक कम्पनीहरुमा बढी देखिन्छ। बैंकिंग क्षेत्रमा भने अझै लगानीकर्ताको आकर्षण कमै देखिन्छ।

    यस दिन कारोबारमा आएका १२ वटै उपसमुहको सूचक सकारात्मक देखिएको छ जसमा व्यापार र होटल उपसमूहको सूचक ९ प्रतिशतभन्दा धेरैले बढेको छ।

    बिहिवार नेप्से परिसूचक पनि दोहोरो अन्कले बढेको छ  । आज २.०८ प्रतिशत अर्थात ३६.३२ अंकले बढेर १७७८.१२ विन्दुमा पुगेको छ। आजको  कारोबारमा आएका १३३ वटा कम्पनीकाे शेयरमूल्य बढेको छ भने २३ वटा कम्पनीको शेयरमूल्य घटेको छ। १६ वटा कम्पनीकाे शेयरमूल्यमा भने कुनै परिवर्तन भएन।

    प्रतिक्रिया
    थप समाचार