Online Nepal मंगलबार, बैशाख २५ २०८१

बैंक तथा वित्तीय संस्थामा जागिर खान अनिवार्य रुपमा पुलिस रिपोर्ट पेस गर्नुपर्ने

बैंक तथा वित्तीय संस्थामा जागिर खान अनिवार्य रुपमा पुलिस रिपोर्ट पेस गर्नुपर्ने


मध्यान्तर
  • आइतबार, मंसिर ७ २०७७

  • काठमाडौं । अबदेखि बैंक तथा वित्तीय संस्थामा जागिर खान अनिवार्य रुपमा पुलिस रिपोर्ट पेस गर्नुपर्ने भएको छ । बैंक तथा वित्तीय संस्थामा रहेको सर्वसाधारणको पैसा कर्मचारीबाट दुरुपयोग तथा हिनामिना नहोस् भन्ने उद्देश्यले जागिरका लागि आवेदन दिने व्यक्तिले अनिवार्य रुपमा प्रहरी रिपोर्ट पेस गर्नुपर्ने बैंकहरूले बताएका छन् ।

    नेपाल बैंकर्स एसोसिएसनका अनुसार अधिकांश बैंकले बैंकमा जागिर खान चाहनेले अनिवार्य रुपमा प्रहरी रिपोर्ट माग्ने गरेको बताइएको छ । जागिरका लागि आवेदन दिनेको पृष्ठभूमि बुझ्नका लागि प्रहरी रिपोर्ट माग्न थालिएको जनाएको छ ।

    नियत नै खराब भएको कर्मचारी परेमा जस्तोसुकै रिपोर्ट बुझाए पनि बदमासी गर्नलाई कसैले रोक्न त सक्दैन  । बैंकमा जागिरका लागि आवेदन दिनेहरूले यसअघि नै बैंकबाट लोन लिएको तर, समयमा नतिरेको पनि पाइएको छ । बैंकले प्रहरी रिपोर्ट नै लिनुपर्छ भन्ने कानुनी बाध्यता छैन । तर, धेरै बैंकले प्रहरी रिपोर्ट माग्छन् ।

    प्रतिक्रिया
    थप समाचार