Online Nepal मंगलबार, बैशाख २५ २०८१

सनराइज बैंक लिमिटेडको ८.२८ प्रतिशत लाभांश घोषणा

सनराइज बैंक लिमिटेडको ८.२८ प्रतिशत लाभांश घोषणा


मध्यान्तर
  • सोमबार, मंसिर ८ २०७७

  • काठमाडौं । सनराइज बैंक लिमिटेडले गत आर्थिक वर्षको मुनाफाबाट ८.२८ प्रतिशत लाभांश घोषणा गरेको छ । बैंक सञ्चालक समितिको कार्तिक ७ गते बसेको ३५९ औँ बैठकले उक्त लाभांश वितरण गर्ने प्रस्ताव गरेको हो ।

    बैठकले २०७७ असार मसान्त सम्मका मुनाफाबाट ५२ करोड १ लाख रुपैयाँ बराबरको ५.८० प्रतिशत बोनस र कर सहित २२ करोड २४ लाख रुपैयाँ बराबरको २.४८ प्रतिशत नगद लाभांश लाभांश वितरण गर्ने प्रस्ताव गरेको हो ।

    उक्त लाभांश राष्ट्र बैकबाट स्वीकृति प्राप्त भई आगामी साधारण सभाबाट पारित भएपछि शेयर धनीले पाउनेछन् ।

    प्रतिक्रिया
    थप समाचार