Online Nepal आइतबार, जेष्ठ ६ २०८१

कार्यान्वयन गर्न नसक्ने कार्यक्रम बजेटमा नराख्नु : अर्थमन्त्री

कार्यान्वयन गर्न नसक्ने कार्यक्रम बजेटमा नराख्नु : अर्थमन्त्री


मध्यान्तर
  • बिहिबार, चैत्र १९ २०७७

  • काठमाडौँ ।आगामी आर्थिक वर्ष २०७८/ ७९ को बजेट निर्माणका सन्दर्भमा अर्थ मन्त्रालयले मन्त्रालयगत छलफल सुरु गरेको छ । १५ चैतसम्म सिलिङ अनुसार बजेट प्रस्ताव माग गरेको अर्थले अब भने मन्त्रालयगत छलफल प्रारम्भ गरेको हो ।
    यहि सिलसिलामा आज अर्थ मन्त्रालयले संस्कृति पर्यटन तथा नागरिक उड्डयन मन्त्रालयसँग छलफल गरेको छ । उक्त अवसरमा   विष्णुप्रसाद पौडेलले आगामी वर्षको बजेटका लागि कार्यान्वयन गर्न सक्ने कार्यक्रम मात्र प्रस्ताव गर्न मन्त्रालयलाई आग्रह गरे । उनले कार्यान्वयन गर्न नसक्ने कार्यक्रम बजेटमा राख्दा आर्थिक वर्षको अन्तिममा सरेन्डर गर्नुपर्ने भन्दै यस्तो आग्रह गरेका हुन् ।

    प्रतिक्रिया
    थप समाचार