Online Nepal आइतबार, जेष्ठ ६ २०८१

मंगलवार नेप्से परिसूचक २७.४७ अंकले बढ्यो

मंगलवार नेप्से परिसूचक २७.४७ अंकले बढ्यो


मध्यान्तर
  • मंगलबार, बैशाख २८ २०७८

  • काठमाडौं । साताको तेस्रो कारोबार दिन मंगलवार नेप्से परिसूचक २७.४७ अंकले बढेर २६७३.३१ अंकमा पुगेको छ । ‘क’ वर्गका कम्पनीहरुको कारोबार मापन गर्ने सेन्सेटिभ इन्डेक्स पनि ३.१२ अंकले बढेको छ ।

    कारोबार रकम पनि करिब ६ अर्ब रुपैयाँ पुगेको छ । दिनभर भएका ६२ हजार ६५९ कारोबारबाट २२० कम्पनीका १ करोड ८ लाख कित्ता भन्दा धेरै सेयर किनबेच भएका छन् । जसअनुसार कारोबार रकम ५ अर्ब ८१ करोड ६ लाख ७३ हजार रुपैयाँ पुगेको हो । नेप्सेमा कारोबार हुने सबै समूहका सब इन्डेक्सहरु बढेर हरियो देखिएका छन् । सबैभन्दा धेरै व्यापार समूहको इन्डेक्स ५ .७९ प्रतिशतले बढेको छ भने उत्पादनमूलक समूहको सबइन्डेक्स २ प्रतिशत धेरैले बढेको छ

     

    प्रतिक्रिया
    थप समाचार