Online Nepal आइतबार, जेष्ठ ६ २०८१

बुधबार नेप्सेमा झिनो अंकले वृद्धि

बुधबार नेप्सेमा झिनो अंकले वृद्धि


मध्यान्तर
  • बुधबार, बैशाख २९ २०७८

  • काठमाडौँ । साताको चौथो कारोबार दिन बुधबार नेप्से झिनो अंकले वृद्धि भएको छ । बुधबार बजार परिसूचक नेप्से ०.५६ अंकले बढेर २६७३.८८ अंकमा बन्द भएको छ । नेप्से सँगैं ‘क’ वर्गका कम्पनीहरुलाई मापन गर्ने सुचक सेन्सेटिभ इन्डेक्स पनि ०.१४ अंकले बढेर ४७८.३८ अंकमा बन्द भएको छ ।

    कोभिडको प्रभाव बढ्दै गएको र राजनीतिक अन्यौलता पनि बढेकोले सेयर बजारमा लगानीकर्ता पर्ख र हेरको अवस्थामा छन् । जसले गर्दा बजार परिसूचकमा खासै उतारचढाव देखिएको छैन । तर, ट्रेडरहरुले पनि सस्तो सेयर मुल्य भएको हाइड्रोपावर कम्पनीमा खेल्न खोजेका छन् । जसले गर्दा हाड्रोपावर उपसूचक भने करिब ३२ अंकले बढेको छ ।सोमबार ३ साता यताकै न्युन कारोबार भएको बजारमा मंगलबार बजार परिसूचक सँगैं कारोबार रकम पनि बढेको थियो । तर आज कारोबार रकम केही घट्यो भने बजार परिसूचक पनि स्थिर रह्यो । सुरुवातमा घट्ने संकेत देखिएपनि १ बजेतिर बजार बढ्न संकेत देखिएको थियो तर खरिदा चाप पनि न्युन र विक्री चाप पनि न्यून देखिँदा बजारमा स्थिरता देखिएको छ ।

    बजार परिसूचक स्थिरजस्तै रहँदा सवा ५ अर्ब माथिको कारोबार भएको छ । १ करोड ४८ लाख ५४ हजार ४२२ कित्ता सेयर किनबेच हुँदा ५ अर्ब ३२ करोड ६० लाख ५२ हजारको कारोबार भएको छ । आज कारोबार रकममा नेपाल पुनर्बिमा कम्पनीले लिड गर्दा जलविद्युत लगानी तथा विकास कम्पनीले पछ्याएको छ ।

    नेपाल पुनर्बिमा कम्पनीका ३५ करोड १६ लाख २५ हजार र जलविद्युत लगानी तथा विकास कम्पनीको २६ करोड ९५ लाख ३४ हजारको कारोबार भएको छ ।

    बजार परिसूचक बढ्न नसकेपनि १२ कम्पनीको सेयर मुल्यमा भने सकारात्मक सर्किट लागेको छ । सकारात्मक सर्किट लाग्नेमा नारायणी विकास बैंक, बोटलर्स नेपाल तराई, आखु खोला जलविद्युत कम्पनी, विशाल बजार कम्पनी र रुरु जलविद्युत कम्पनी रहेका छन् । यस्तै समता घरेलु लघुवित्त, खानिखोला हाइड्रोपावर, युनियन हाइड्रोपावर, एनआएन इन्फ्रास्ट्रक्चर एन्ड डेभलपमेन्ट कम्पनी, दिेव्यश्वरी हाइड्रोपावर, युनिलिभर नेपाल र जोशी हाइड्रोपावरको सेयर मुल्यमा पनि सकारात्मक सर्किट लागेको छ ।

    ट्रेडहरुको रोजाइमा सस्तो मुल्यका जलविद्युत कम्पनीको सेयर परेको देखन्छ । जसले गर्दा अधिकांश त्यस्ता कम्पनीको सेयर मुल्य बढेको छ । यता साल्ट ट्रेडिङ कर्पोरेसन र सानिमा जनरल इन्स्योरेन्सको सेयर मुल्य भने २ प्रतिशत माथिले घटेको छ । आज कारोबारमा आएका ८६ कम्पनीको सेयर मुल्य बढ्दा ८९ कम्पनीको सेयर मुल्य घटेको छ भने ९ कम्पनीको सेयर मुल्य भने स्थिर रह्यो ।

     

    प्रतिक्रिया
    थप समाचार