Online Nepal शुक्रबार, बैशाख २१ २०८१

अबदेखि बैंकले ५० हजार भन्दा कम निक्षेप स्वीकार नगर्ने

अबदेखि बैंकले ५० हजार भन्दा कम निक्षेप स्वीकार नगर्ने


मध्यान्तर
  • बिहिबार, बैशाख ३० २०७८

  • काठमाडौं । निषेधाज्ञा अवधिभर बैंकहरुले ५० हजारभन्दा कम रकम निक्षेप स्वीकार नगर्ने भएका छन् । नेपाल बैंकर्स संघले बैंकहरुमा भीडभाड तथा कोभिडको जोखिम कम गर्न निशेधाज्ञा अवधिभर ५० हजार रुपैयाँभन्दा माथि मात्रै डिपोजिट गर्न सकिने व्यवस्था गरेको हो। साथै यो अवधिभर डिम्याट खाता पनि नखुल्ने भएको छ ।
    तर बैंकहरुका सबै एटिएम खुला रहनुका साथै बैंकका कल सेन्टरहरु समेत कार्यालय समय भर उपलब्ध हुने संघले जनाएको छ।बैंकमा भीडभाड कम गर्न बैंकहरुले निशेधाज्ञा अवधिभर खाताबाट नगद झिक्ने, खातामा नगद जम्मा गर्ने (रु ५० हजार भन्दा माथि मात्रै), रकम स्थानान्तरण, विप्रेषण भुक्तानी र अन्तर्राष्ट्रिय व्यापार सेवा उपलब्ध गराउने संघले जनाएको छ। यी बाहेक अन्य केही जरुरी भएमा बैंक शाखाका सम्पर्क व्यक्तिहरुको विवरण शाखा कार्यालय तथा बैंकको वेबसाइटमा समेत उपलब्ध हुने संघले जनाएको छ।

     

    प्रतिक्रिया
    ताजा अपडेट
    थप समाचार