Online Nepal शुक्रबार, बैशाख २१ २०८१

साताको पहिलो कारोबार दिन नेप्सेमा दोहोरो अंकको गिरावट

साताको पहिलो कारोबार दिन नेप्सेमा दोहोरो अंकको गिरावट


मध्यान्तर
  • आइतबार, असोज १० २०७८

  • काठमाडौँ । साताको पहिलो कारोबार दिन आइतबार नेप्से परिसूचक अकले घटेको छ। यस दिन नेप्से परिसूचक ६१.२७ अंक घटेर २७५८.४८ विन्दुमा झरेको छ।

    त्यसैगरी, यस दिन सेन्सेटिभ इण्डेक्स १०.७ अंक बढेको छ भने फ्लोट इण्डेक्स ४.१२ अंक र सेन्सेटिभ फ्लोट इण्डेक्स ३.४८ अंक घटेको छ।

    नेप्सेसँगै यस दिन कारोबार रकम पनि घटेको छ। यस दिन २३३ कम्पनीको ७३ हजार ६९३ पटकको कारोबारमा ६ अर्ब ५० करोड १ लाख १७ हजार रुपैयाँ बराबरको १ करोड ४४ लाख ९४ हजार कित्ता शेयर खरिदबिक्री भएको छ।

    आइतबार कारोबारमा आएका १३ उपसमूहमध्ये म्युचुअल फण्ड उपसमूह बाहेक अरु सबैको परिसूचक घटेको छ। यस दिन सो उपसमूहको परिसूचक ०.२१ प्रतिशत बढेको छ। यस दिन वित्त उपसमूहको परिसूचक सर्वाधिक ५.८९ प्रतिशत घटेको छ। त्यसैगरी, जलविद्युत उपसमूहको ४.३ प्रतिशत, लगानीको परिसूचक ३.३८ प्रतिशत र व्यापारको ३.१५ प्रतिशत घटेको छ। होटल तथा पर्यटन, विकास बैंक, निर्जीवन बीमा, अन्य, लघुवित्त र जीवन बीमा उपसमूहको परिसूचक यस दिन २ प्रतिशतभन्दा बढी घटेको छ।

    कारोबार रकमका आधारमा यस दिन अरुण भ्याली हाइड्रोपावर शीर्ष स्थानमा रहेको छ। सो कम्पनीको यस दिन ३३ करोड ९५ लाख रुपैयाँ बराबरको शेयर खरिदबिक्री भएको छ। त्यस्तै यस दिन फरवार्ड कम्यूनिटीको यस दिन ३१ करोड ८८ लाख रुपैयाँ बराबरको शेयर कारोबार भएको छ।

     

     

     

    प्रतिक्रिया
    थप समाचार