Online Nepal शुक्रबार, बैशाख २१ २०८१

लगातार गिरावटमा आएको नेप्से, बुधबार ५० अंकले बढ्यो

लगातार गिरावटमा आएको नेप्से, बुधबार ५० अंकले बढ्यो


मध्यान्तर
  • बुधबार, असोज १३ २०७८

  • काठमाडौं । लगातार गिरावटमा आएको नेप्से, बुधबार ५० अंकले बढेको छ।

    आज नेप्से परिसूचक १.९३ प्रतिशत अर्थात ५०.५८ अंक बढेर २६६५.९३ विन्दुमा पुगेको छ। बजार ओरालो लागेर सबै कम्पनीहरुको शेयरमूल्य सस्तिएसँगै लगानीकर्ताहरु सस्तोमा शेयर खरिद गर्नतर्फ लाग्दा यस दिन बजारले सकारात्मक गति समाएको हो।

    यस दिन सेन्सेटिभ इण्डेक्स ८.५८ अंक बढेको छ। त्यसैगरी, यस दिन फ्लोट इण्डेक्स ३।६ अंक र सेन्सेटिभ फ्लोट इण्डेक्स २.९९ अंक बढेको छ। नेप्से बढेपनि यस दिन कारोबार रकम भने केही घटेको छ। अघिल्लो कारोबार दिन ५ अर्ब ७४ करोडको कारोबार भएको बजारमा यस दिन २२९ कम्पनीको ६३ हजार ९१६ पटकको कारोबारमा ५ अर्ब २ करोड ८५ लाख ५५ हजार रुपैयाँ बराबरको ९८ लाख ९४ हजार कित्ता शेयर खरिदबिक्री भएको छ।

    यस दिन १३ वटै उपसमूहको परिसूचक बढेका छन्। जसमध्ये वित्त उपसमूहको परिसूचक सर्वाधिक ४.८७ प्रतिशत बढेको छ भने जलविद्युत उपसमूहको ४।२२ प्रतिशत बढेको छ। त्यस्तै, यस दिन विकास बैंक उपसमूहको परिसूचक ३.१८ अंक बढेको छ भने व्यापार, निर्जीवन बीमा, अन्य र लगानी उपसमूहका परिसूचक २ प्रतिशतभन्दा बढी बढेको छ।

    कारोबार रकमका आधारमा यस दिन अपि पावर शीर्ष स्थानमा रहेको छ। सो कम्पनीको यस दिन २२ करोड ६७ लाख ५४ हजार रुपैयाँ बराबरको शेयर खरिदबिक्री भएको छ। त्यसैगरी, यस दिन हिमालयन डिष्टिलरीको साढे १८ करोड रुपैयाँ बराबरको शेयर कारोबार भएको छ।

    यस दिन ग्रीन डेभलपमेन्ट बैंक र अपि पावरको शेयरमूल्य सर्वाधिक १० प्रतिशत बढेको छ। त्यसैगरी, पछिल्लो समय दैनिक १० प्रतिशत बढीरहेको मनकामना स्मार्ट लघुवित्तको शेयरमूल्य यस दिन ९.९३ प्रतिशत बढेको छ।

     

    प्रतिक्रिया
    थप समाचार