Online Nepal शुक्रबार, बैशाख २१ २०८१

साताको अन्तिम कारोबार दिन नेप्से र कारोबार रकम दुबै घट्यो

साताको अन्तिम कारोबार दिन नेप्से र कारोबार रकम दुबै घट्यो


मध्यान्तर
  • बिहिबार, असोज १४ २०७८

  • काठमाडौँ । साताको अन्तिम कारोबार दिन बिहीबार नेप्से र कारोबार रकम दुबै घटेको छ।  नेप्से परिसूचक ३२.५१ अंक घटेर २६३३.४२ विन्दुमा झरेको छ। त्यसैगरी, यस दिन सेन्सेटिभ इण्डेक्स ६.४१ अंक, फ्लोट इण्डेक्स २.६५ अंक र सेन्सेटिभ फ्लोट इण्डेक्स २.३७ अंक घटेको छ।

    नेप्से परिसूचक दैनिकजसो ओरालो लाग्न थालेपछि बजारमा शेयर कारोबार पनि घट्न थालेको छ। अघिल्लो कारोबार दिन ५ अरब  भन्दा बढीको शेयर खरिदबिक्री भएको बजारमा यस दिन २२५ कम्पनीको ४९ हजार ८३५ पटकको कारोबारमा ३ अर्ब ७० करोड २९ हजार रुपैयाँ बराबरको शेयर खरिदबिक्री भएको छ।

    कारोबार रकम घट्नुले बजारमा बियर कमजोर हुँदै गएको जानकारहरु बताउँछन्। नेप्से बढ्दा कारोबार रकम बढ्नु राम्रो मानिन्छ भने नेप्से घट्दा कारोबार रकम घट्नु राम्रो मानिने जानकारहरु बताउँछन्। नेप्से घट्दा कारोबार रकम घट्नुले लगानीकर्ताहरु घटेको मूल्यमा शेयर बिक्री गर्न नचाहेको संकेत गर्ने उनीहरुको भनाइ छ।

    नेप्से घटेपनि यस दिन ३ कम्पनीको शेयर भने १० प्रतिशत बढेको छ। यस दिन मनकामना स्मार्ट लघुवित्त, नेपाल फाइनान्स र मैलुङ्ग खोला जलविद्युत कम्पनीको शेयरमूल्य १० प्रतिशत बढेको हो। त्यसैगरी, यस दिन रु रु जलविद्युत परियोजनाको शेयरमूल्य ६।०५ प्रतिशत बढेको छ। यता, गुडविल फाइनान्स, प्रिमियर इन्स्योरेन्स र हिमालयन पावर पार्टनरको शेयरमूल्य ६ प्रतिशतभन्दा बढी घटेको छ।

    बिहीबार १३ उपसमूहमध्ये ३ उपसमूहको परिसूचक बढेको छ भने बाँकी १० उपसमूहको परिसूचक घटेको छ। यस दिन व्यापार उपसमूहको परिसूचक सर्वाधिक ३.९२ प्रतिशत बढेको छ। त्यसैगरी, अन्य उपसमूहको परिसूचक ०.२७ प्रतिशत र म्युचुअल फण्डको ०.१९ प्रतिशत बढेको छ। कारोबारमा आएका विकास बैंक उपसमूहको परिसूचक सर्वाधिक ३.१८ प्रतिशत घटेको छ। त्यसैगरी, यस दिन जलविद्युत र वित्त उपसमूहको परिसूचक करिब ३ प्रतिशत घटेको छ।

     

     

     

    प्रतिक्रिया
    थप समाचार